Sunday, November 29, 2015

भत्ताको माग राख्दै चिकित्सक आन्दोलनमा

बेलौरी (कञ्चनपुर), १४ मङ्सिर । नाकाबन्दीका कारण देशका विभिन्न अस्पतालमा औषधि अभाव भएपछि सेवाग्राही मर्कामा परेका बेला कञ्चनपुरको महाकाली अञ्चल अस्पतालका चिकित्सक भत्ताको माग राख्दै आन्दोलनमा उत्रेका छन् ।

अञ्चल अस्पतालका चारजना चिकित्सकले अतिरिक्त भत्तालगायत विभिन्न तालिममा सहभागी हुनुपर्ने माग राख्दै आइतबारदेखि अनिश्चितकालका लागि बहिरङ्गी सेवा ठप्प पारेका छन् ।

बिहानै ९ बजेदेखि उनीहरुले बहिरङ्ग विभागमा पर्चा टाँस्दै सेवा बन्द गरेको घोषणा गरेर बिरामीको उपचार नगरेका हुन् ।

अस्पताल प्रशासन प्रमुख शिवसिंह भण्डारीले मेडिकल अधिकृत महेश शाह, निलम शाह, हरि शर्मा र योगेश भट्टले सेवा ठप्प पारेको बताउनुभयो । उहाँका अनुसार चारैजना डाक्टरले हाजिर भने गरेका छन् । तर सेवा बन्द गरेका छन् । एकाएक आएर चारैजना डाक्टरले आफ्ना माग पत्र टाँस्दै अस्पतालको सेवा बन्द गरेको प्रशासन प्रमुख भण्डारीको भनाइ छ ।
मेडिकल सुपरिन्टेन्डेन्ट डा श्रीराम तिवारी र लेखा प्रमुख भरत चन्द अनुपस्थित भएको मौकामा उनीहरुले यस्तो गरेका हुन् । चिकित्सकले बिरामीको उपचार नगरेपछि उनीहरु बाध्य भएर बाहिर उपचार गरिरहेका छन् ।

मेडिकल अधिकृत हरिप्रसाद शर्माले आफूहरुलाई अतिरिक्त भत्ता र सुविधा नदिएका कारण आन्दोलन गरेको बताउनुभयो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...