Tuesday, November 24, 2015

चार नेपाली घाइते

इटहरी, ९ मङ्सिर । सुनसरी जिल्लाको नेपाल–भारत सीमा हरिपुर–७ मा आज बिहान ६ बजे भारतीय सीमा सुरक्षा बलले गोली चलाउँदा चार नेपाली घाइते भएका छन् ।

घाइते हुनेमा अशोक यादव, नरेश यादव, मनोज यादव र सरोज यादव छन् । उनीहरुको बिपी कोइराला स्वास्थ्य प्रतिष्ठान धरानमा उपचारार्थ ल्याइएको छ । भारतीय विहारबाट सामान लिएर सुनसरीतर्फ आउँदै गर्दा भारतीय सीमा सुरक्षा बल र स्थानीयवासीबीच भनाभन हुँदा गोली चलाइएको हो । अहिले सो क्षेत्र तनावग्रस्त छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...