Tuesday, November 3, 2015

सिक्किममा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज

भारतको सिक्किममा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, सिक्किम च्याप्टर गठन भएको छ । नेपाली साहित्य परिषद् गान्तोक सिक्किममा आयोजित एक भेलामा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, सिक्किम च्याप्टर गठन, यसको बिधान र गतिबिधिका बारेमा छलफल गरिएको हो  ।

उक्त भेलाले डा. पुष्प शर्माको अध्यक्षतामा डा कविता लामा उपाध्यक्ष, पारसमणि दङ्गाल महासचिब, प्रवीण खालिङ सचिव, श्रीमती उषा शर्मा कोषाध्यक्ष र सदस्यहरूमा निर्मल निरौला, अम्बर लाछिकाटी, अर्जुन राई, अमर बानियाँ रहेको च्याप्टर कार्यसमिति गठन गरेको छ । यस्तै सल्लाहकारहरुमा के एन शर्मा, पेम्पा तामाङ, प्रधुन्न श्रेष्ठ, प्राडा राजेन्द्र भण्डारीलाई मनोनयन गरेको छ । भारतको सिक्किममा अनेसासको च्याप्टर गठन भएकोमा खुशी व्यक्त गर्दै अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका अध्यक्ष पदम विश्वकर्माले उक्त च्याप्टरका पदाधिकारीहरुलाई बधाई ज्ञापन गर्दै सो च्याप्टरको गठनले सिक्किम लगायत त्यस क्षेत्रमा नेपाली भाषा तथा साहित्यको बिकासमा थप योगदान हुने विश्वास व्यक्त गर्नु भएको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...