Friday, November 27, 2015

लाइसेन्स झिक्दा कन्डम झरेपछि…

traphik-policeबिर्तामोड, १२ कात्तिक । केही दिनअघि साँझ पश्चिमबाट पूर्वतर्फ हुइँकिँदै आएको मोटरसाइकललाई चेकिङमा खटिएका ट्राफिक प्रहरीले सुरुङ्गामा रोके । ‘कत्रो हाँकेको ? खोई लाईसेन्स छ ?’ एक ट्राफिकले हप्काएको शैलीमा लाईसेन्स मागे । अतालिँदै लाइसेन्स झिक्ने क्रममा ती युवकको पर्सबाट कण्डमको प्याकेट निस्कियो । ‘मैले लाईसेन्स मागेको हो, कन्डम होईन,’ ट्राफिकको हप्कि खाएपछि उनी लाजले रातोपिरो भए । तर, ट्राफिकका लागि यो सामान्य कुरा हो । चेकजाँचका क्रममा उनीहरु दिनहुँ यस्ता कुरा देखिरहन्छन् ।

‘महिलाहरु ह्यान्ड ब्याग बोक्छन्, उनीहरुको ब्यागमा त्यस्तो केही देखिँदैन,’ जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी सहायक निरीक्षक यामकुमार खड्का भन्छन, ‘तर, प्रायः केटाहरुले पर्सबाट लाईसेन्स झिक्दा कन्डमको प्याकेट पनि हाम्फालिहाल्छ ।’ ट्राफिकका अनुसार कण्डमको प्याकेट झर्नेबित्तिकै उनीहरु लजाउँदै टिप्छन् । ‘हामीले त दिनहुँ देखेर बानी भईसक्यो, उनीहरु चाहिँ डराउँछन् पनि,’ चेकिङमा खटिएका एक ट्राफिकले भने ।

नियमित चेकजाँचमा खटिने ट्राफिक प्रहरीसँग यस्ता धेरै स्मरणहरु छन् । उनीहरु सय मिटर पर आउँदै गरेको सवारी हेरेरै चालकसँग कागजपत्र भए–नभएको थाहा पाउँछन् । कागजपत्र नभएको सवारीलाई रोक्नासाथ चालक जङ्गिन्छन्, ‘अरुलाई चाहिँ किन नरोकेको ? यो बाटोमा मैले मात्र गाडी कुदाउँदैछु ?’ चेकिङको एउटा टोलीमा कम्तिमा चारजना ट्राफिक हुन्छन् । सबैलाई रोकेर चेक गर्न सम्भव नभएको उनीहरु बताउँछन् । त्यसैले उनीहरु शङ्का लागेका सवारी मात्र राक्ने गर्छन् । ‘शङ्का लागेर रोकेकोमध्ये ९० प्रतिशतसँग लाइसेन्स हुँदैन,’ ती ट्राफिकले भने ।

प्रहरी सहायक निरीक्षक खड्काका अनुसार २० देखि ३० वर्ष उमेर समूहका युवाको पर्समा कन्डम भेटिन्छ । कसैको पर्समा लाइसेन्सबाहेक केही नै हुँदैन । कसैकोमा भने लाइसेन्स पनि हुँदैन, पैसा पनि हुँदैन । ‘कागजपत्र पनि नभएको, पर्स पनि नभएको, त्यत्तिकै घुम्न निस्किएको समेत भेटिन्छन्, ट्राफिक स्रोत भन्छ, ‘उनीहरु कारवाहीमा पर्छन् ।’

लाइसेन्स नभएका अधिकांश युवाले घरमा छुटेको, हराएको भन्दै पन्छिन खोजेको ट्राफिक बताउँछ । ‘मैले लाइसेन्स बनाएकै छैन भन्ने त २ प्रतिशत मात्र भेटिन्छन्,’ खड्काले भने । ‘बिरामी हेर्न हस्पिटल गएको, हतारमा बोक्नै बिर्सेछु,’ लाइसेन्स नभएका मोटरसाइकल चालकहरुले यसरी झुट बोल्छन्, ‘मान्छे मरेर मलामी जाँदा पनि लाइसेन्स देखाउनु पर्ने ?’

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...