Tuesday, November 24, 2015

वनस्पतिबाट ग्यास उत्पादन

लमजुङ, ९ मङ्सिर । मुलुक इन्धन र खाना पकाउने ग्यासको चरम अभावमा रहेका बेला यहाँका एक युवकले वनस्पतिबाट खाना पकाउने ग्यास उत्पादन गर्नुभएको छ ।

करापुटार नगरपालिकास्थित लक्ष्मीबजारका २५ वर्षीय रदी मियाँले स्थानीयस्तरमा पाइने सालधुप, खिर्राको चोप, बाँसको पानी, प्रशोधित पानी र खाने सोडा प्रयोग गरी ग्यास उत्पादन गर्नुभएको हो ।

ग्यास उत्पादनमा सफल भएको जिकिर गर्दै रदी भन्नुहुन्छ, “मैले उत्पादन गरेर चिया पनि पकाएँ, यसले बजारमा पाइने खाना पकाउने ग्यासको जस्तै काम गर्न सक्छ, मेरो कामको विश्वास लाग्छ भने लगानी गर्ने उद्देश्यले कसैले लगानी गरी सहयोग गरेमा म लमजुङमा नै ग्यासको सफल उत्पादन गर्न सक्छु, मैले उत्पादन गरेको ग्यासलाई अझै प्रशोधन र परिमार्जन गर्न आवश्यक छ, सरकारले सहयोग गरे यहाँ आवश्यक पर्ने ग्यास स्वदेशमै उत्पादन गर्न सकिन्छ । ”

हाल उत्पादन भएको ग्यासलाई खाना पकाउने एलपी ग्यासको खाली सिलिन्डरमा जम्मा गर्दै परीक्षण गरेका उहाँले प्रभारम्भिक रुपमा उत्पादन गरेको खाना पकाउने ग्यास सफल परीक्षण भएको र अब सरकारले साथ दिएमा दिलोज्यानले लागेर उत्पादन गर्ने सोचमा रहेको बताउनुभयो । एक लिटर बाँसको पानी, खिर्रोको चोप र सालको धुलो एक÷एक सय ग्राम, एक पोका सोडा र एक लि प्रशोधित पानी मिसाएर मज्जाले घुलन गर्दा आधा किलो खाना पकाउने ग्यास उत्पादन गर्न सकिन्छ ।

सामान्य परिवारमा जन्मनुभएका मियाले सँगसँगै अल्ट्रालाइटसमेत निर्माण गर्नुभएको छ । यसअघि बनाइएको अल्ट्रालाइटले सफल उडान भर्न नसकेपछि अलि सानो खालको अल्ट्रालाइटको निर्माणमा आफू जुटेको बताउनुभयो । गाउँमा नै उडान भर्ने क्रममा मैदान सानो भएकाले अल्ट्रालाइटलाई रन वे नपुगेका कारण उडान सफल नभएको उहाँको भनाइ छ । विज्ञार प्रविधिको क्षेत्रमा सहयोग गरेको भन्दै युवा तथा खेलकुद मन्त्रालयले रदीलाई गत असार २१ गते रु ५० हजार राशिको ‘युवा प्रतिभा पुरस्कार’समेत प्रदान गरेको थियो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...