Tuesday, November 24, 2015

सकिमना पुन्ही मनाउँदै

sindure_jatra_2भक्तपुर, ९ मङ्सिर । आज नेवार समुदायले सकिमना पुन्ही (पिँडालु उसिन्ने पूर्णिमा) धुमधामले मनाउँदैछ ।
आजको दिन नेवार समुदायले विशेषगरी सकी अर्थात् पिँडालु उसिनेर खाने प्रचलन छ । नेवार समुदायले ऋतु अनुसारको उब्जनी आफ्नो उत्पादन इष्टदेवलाई चढाएर मात्र खाने प्रचलनअनुसार आजकोे दिन पिँडालु, सख्खरखण्ड लगायत कन्दमूल उसिनेर आफ्ना इष्टदेवलाई चढाएर खाने प्रचलन रहेको इतिहास तथा संस्कृतिविद् पुरुषोत्तमलोचन श्रेष्ठले जानकारी दिनुभयो । यसले शरीरमा ताकत उत्पन्न हुने र शरीर स्वस्थ हुने जनविश्वास छ ।

यसै अवसरमा आज कमलविनायक भत्केको पाटीस्थित यातु महादेव, आशापुरेश्वर (आशापुरी) महादेव, डोलेश्वर महादेव, सुवर्णेश्वर महादेव लगायत महादेव मन्दिरमा विशेष मेला लागेको छ । सकिमाना पुन्हीका दिन महादेवको पूजा आराधना र दर्शन गरी व्रत बस्नाले पुण्य प्राप्त हुनाका साथै राम्रो वर पाउने धार्मिक विश्वास छ ।

आजै नेवार समुदायले एकमहिने दाफा भजनकीर्तन सम्पन्न गर्ने प्रचलन छ । कोजाग्रत पूर्णिमाको दिनदेखि आआफ्नो टोलमा रहेका गणेश, महादेव लगायत देवीदेवताको मन्दिरमा प्रत्येक साँझ भजनकीर्तन गाउन सुरु गरेकामा आज समापन हुन्छ ।

आजको दिन सो भजनमण्डलीले साँझ मन्दिर अगाडि उसिनेको सख्खरखण्ड, पिडालु तथा भुटेका मकै, भटमास, गहँु, बदाम, केराउ, चना लगायत विभिन्न गेडागुडीले देवीदेवता तथा मन्दिरको कलात्मक आकृति बनाउने गरिन्छ । अन्तमा त्यसैलाई प्रसादका रुपमा ग्रहण गर्ने प्रचलन रहेको श्रेष्ठले बताउनुभयो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...