Wednesday, November 25, 2015

अनेसासद्वारा सर्वोत्कृष्ट पुरस्कार समर्पण

12235082_10156272661350301_4110575091356902461_n

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले बिभिन्न सर्जकलाई पुरस्कार समर्पण गरेको छ / प्रत्येक २/२ बर्षमा अनेसास केन्द्रको पुरस्कार समितिमा प्राप्त कृति मध्यबाट बिभिन्न विधा र क्षेत्रका सर्जकलाई उक्त पुरस्कार समर्पण गरेको हो/

12243426_10153997268643132_8406090333860111373_n (1)

अमेरिकाको डिसीमा आयोजित पुरस्कार वितरण तथा लक्ष्मीजयन्ती समारोहमा अन्तर्राष्ट्रिय नेपाली साहित्य सर्बोत्कृष्ट पुस्तक पुरस्कार-२०१५ “नमेटिएका चित्रहरु”का लागि दामोदर पुडासैनी किशोरलाई प्रदान गरिएको छ जसको राशि अमेरिकी डलर १५ सय रहेको छ भने थप एकसय डलर बराबरको आजिबन सदस्यता र सम्मान पत्र रहेको छ / यसैगरी यस पुरस्कृत कृतिलाई अंग्रेजी भाषामा अनुबाद तथा बिक्रि वितरणको पनि व्यवस्था गरिने छ।

12243426_10153997268643132_8406090333860111373_n

कार्यक्रममा डायस्पोरा दर्शन प्रधान कृति “भयवाद”का लागि साहित्यकार देश सुब्बालाई पुरस्कृत गरिएको छ जसको राशी पाँच सय अमेरिकी डलर रहेको छ/ यसैगरि दुई सयपचास अमेरिकी डलर नगद सहितको पुरस्कारबाट “अर्की आइमाई”का लागि नीलम कार्की निहारिका, “गोल्डेन गेट”का लागि सृजना शर्मा , “मेरो भागमा परेको प्रित”का लागि मणि बांग्देल (संयुक्त ) “जीबन बाचेकै छ”का लागि सरू सुबेदी (संयुक्त ), “इन्द्रेनीका रंगहरु”का लागि नारायण अधिकारी, “आवाजका जुलुस र नया विश्व”का लागि मोहन सिटौला, “कर्णालीको कुनादेखि मानसरॊबर सम्म”का लागि विजयध्वज थापा, “अन्धसत्ता”का लागि अमर त्यागी पुरस्कृत भएका छन् / कार्यक्रममा “म्याग्दी श्रष्टा र सृष्टि”का लागि रामप्रसाद सुबेदी, “अमेरिका”कृतिका लागि गंगा लिगल, “नेपाल लोकगीत”का लागि डा. कुसुमाकर न्यौपाने, “अघि बढौ”का लागि अनिल चित्रकार, “मुर्चुङ्गाको शहर”का लागि सरू काली, “नानी र सुगा”का लागि ललिता दोषी, “आत्म निर्णय”का लागि राजेन्द्र सुबेदी र “स्पन्दनका रागहरु”का लागि दीपा राई पुन पुरस्कृत भएका छन् /

12235082_10156272661350301_4110575091356902461_n (1)

कार्यक्रममा “ग्रहण:” कृतिका लागि सानु घिमिरे, “विश्व रंगमंचमा सडक नाटक”का लागि डा गोबिन्द सिंह रावत, अनुवाद कृतिका लागि सि.पी. अर्याल र सुन्दर खनाल पुरस्कृत भएका छन् /

अमेरिका स्थित नेपाली दुतावासका कार्यवाहक राजदूत ऋषिराम घिमिरेको प्रमुख आतिथ्य एवं बरिष्ठ साहित्यकार तारानाथ शर्माको विशेष आतिथ्यमा आयोजित बिभिन्न चार चरणको कार्यक्रममा सस्थाका अध्यक्ष पदम बिश्वकर्मा, सस्थाका गुठीका सभापति डा श्याम कार्की तथा पुरस्कार समितिका सभापति सीता पाण्डेयले सभापतित्व गरेका थिए/

कार्यक्रममा साहित्यकार बसन्त श्रेष्ठ, होमनाथ सुबेदी, कुसुमाकर न्यौपाने ,भारती गौतम, दामोदर पुडासैनी किशोर, नीलम कार्की , गोवर्धन पूजा, प्रकाश नेपाल, रामप्रसाद खनाललगायतले मन्तव्य व्यक्त गरे/ कार्यक्रमको अन्तिम चरणमा आयोजित विशेष कवि गोष्ठीमा होमनाथ सुबेदी, मोहन सिटौला, सीता पाण्डे, नीरा शर्मा, गोविन्द सिंह रावत, पदम विश्वकर्मा, दामोदर पुडासैनी किशोर , भारती गौतम, गोवर्धन पूजा, नीलम कार्की, सुदीपभद्र खनाल, नारायण अधिकारी, बिमला निरौला, गंगा लिगल, प्रकाश नेपाल, एच बि भण्डारी, दीपा राई, रजनी श्रेष्ठ, रविन्द्र श्रेष्ठ, सरु काली, अनु शाह, टंक खरेल, गुणराज लुइँटेल, आनन्द श्रेष्ठ, कपिल सिटौला, कल्पना सुवेदी, देश सुब्बा, जुनु क्षेत्री, अमर त्यागी, गोपाल पराजुली, गुहनाथ पौडेल, शिव लामिछाने, विजयराज शर्मालगायतले सिर्जना वाचन गरेका थिए/

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...