Thursday, November 26, 2015

हेलिकोप्टर दुर्घटना दशको मृत्यु

f08712f8a02e5fc453f30ce20dc8950f_81531973_81531972मस्को, १० मङ्सिर । रसियाको उत्तरी क्रास्नोयार्सक क्षेत्रमा विहीबार भएको एक हेलिकोप्टर दुर्घटनामा कम्तीमा १० व्यक्तिको मृत्यु भएको छ ।

सम्बन्धित अधिकारीहरूले सो जानकारी दिएका छन् । अधिकारीहरूले दिएको जानकारी अनुसार सो दुर्घटनामा परी १० व्यक्तिको मृत्यु हुनुको साथै अन्य १५ जना घाइते भएका छन् ।

तर सुरुमा दिइएको समाचारमा यस घटनामा ज्यान गुमाउने व्यक्तिको सङ्ख्या १५ भएको बताइएको थियो ।

सो हेलिकोप्टरमा चालकदलका सदस्यसहित २५ व्यक्ति सवार थिए । उक्त दुर्घटनामा घाइते भएकाहरूलाई उपचारर्थ अस्पताल भर्ना गरिएको जनाइएको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...