Thursday, November 26, 2015

‘बाधा नगर’को छायाङ्कन सकियो

12241718_1728669744011739_2643326628956623008_nभर्खरै बजारमा आएको एल्वम स्वर्णिमको एउटा गीत ‘बाधा नगर’ बोलको गीतको म्यूजिक भिडियो छायाङ्कन सकिएको छ । झापाको पर्यटकीय स्थल सालबारी लगायत आसपासका बिभिन्न स्थलमा यसको सुटिङ गरियो ।

युवा पुस्तामा देखिएको माया प्रेमलाई सामूहिक कथा वस्तु बनाइएको म्यूजिक भिडियोका निर्देशक योदिन लिम्बुले बताएका छन् । यस भिडियोमा सञ्चारकर्मी रमेश तिवारी, बिनोद मैनाली, अशोक लाखे, क्रिश्टिना राईको मुख्य भुमिका रहेको छ ।

झापाली गायक करण मुखियाको आवाजमा रहेको गीतमा अर्जुन सापकोटाको शब्द छ । गीतमा गायक तथा सङ्गीतकार मनोज राजले सङ्गीत भरेका छन् । झापाको गरामनी स्थायी घर भएका गायक मुखिया अहिले काठमाडौँलाई कर्मथलो बनाउँदै सङ्गीत सिक्दैछन् । बाधा नगर करणको पहिलो म्युजिक भिडियो हो । यसलाई ज्ञानेन्द्र शर्माले छायाङ्कन गरेका हुन् ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...