Tuesday, November 3, 2015

झापा ११ फाइनलमा

sss4बिर्तामोड, १७ कात्तिक । रमपम झापा–११ झापामा जारी सुरुङ्गा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । मंगलबार सुरुङ्गास्थित कनकाई उच्च माविको खेल मैदानमा भएको पहिलो सेमिफाइनल खेलमा झापाले सरस्वती फुटबल क्लबलाई २–१ गोल अन्तरले हराउँदै फाइलमा प्रवेश गरेको हो ।

खेलमा झापाका लागि बुद्ध चेम्जोङ्गले दुई गोल गरे भने सरस्वतीका लागि दिपेश श्रेष्ठले एक गोल गरेका थिए । खेल अवधिभर सरस्वतीका ४ र झापा एकजना खेलाडीलाई फिफा रेफ्री लव खत्रीले पहेँलो कार्ड देखाएका थिए ।

खेलमामा झापा–११ का तर्फबाट दुई गोल गर्ने खेलाडी बुद्ध चेम्जोङ्ग म्यान अफ द म्याच घोषित भए ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...