Monday, November 30, 2015

तीन सय पचहत्तरले लिए प्रसूति सेवा

pregnant-women-03-300x300सुरुङ्गा (झापा), १५ मङ्सिर । मेची अञ्चल अस्पताल भद्रपुरबाट चालु आव ०७२/७३ को हालसम्ममा ३७५ जनाले प्रसूति सेवा लिएका छन् ।

जिल्ला जनस्वास्थ्य कार्यालय झापाका मेडिकल रेकर्ड अधिकृत मनोज पोखरेलका अनुसार सामान्य २३३, जटिल १९ र १२३ जना महिलाले शल्यक्रियासहित प्रसूति सेवा लिएका हुन् ।

अघिल्लो आवमा एक हजार १२० जनाले प्रसूति सेवा लिएका थिए । जसमा ४०८ शल्यक्रिया, ७४ जटिल र ६३८ जनाको सामान्य प्रसूति भएको जानकारी उहाँले दिनुभयो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...