Friday, November 20, 2015

हङकङमा बस्ने म्याग्देलीबाट एक्सरे मेसिन प्रदान

Xrey-mesinबेनी (म्याग्दी), ५ मङ्सिर । रोजगारको सिलसिलामा हङकङ पुगेका म्याग्देलीले जिल्ला अस्पताल म्याग्दीलाई शुक्रबार रु ११ लाख मूल्य बराबरको अत्याधुनिक डिजिटल एक्सरे मेसिन उपहार दिएका छन् ।

म्याग्दी प्रवासी नेपाली सङ्घ (मोना) हङकङले दीपावलीको अवसरमा देउसी–भैलो कार्यक्रम सञ्चालन गरेर सङ्कलित रकमबाट एक्सरे मेसिन उपलब्ध गराएका हुन् ।

उक्त मेसिन एक कार्यक्रमका बीच सांसद नरदेवी पुनमार्फत अस्पताललाई हस्तान्तरण गरिएको हो ।

हङकङमा म्याग्देली र नेपाली समुदायमाझ दुईघन्टा भैलो खेलेर रु १८ लाख ११ हजार ६४ सङ्कलन गरिएको मोना हङकङका अध्यक्ष इन्द्र एलजी थापामगरले जानकारी दिनुभयो । बाँकी रु छ लाख ६५ हजार मेसिनको मर्मत सम्भारका लागि अक्षयकोषको रुपमा राखिने छ ।

“जिल्ला अस्पतालबाट एक वर्षअघि यस्तो अभाव छ भनेर प्रस्ताव आएको थियो, त्यसलाई कसरी सम्बोधन गर्ने भन्ने विषयमा छलफल गर्दा देउसी भैलौ नै उत्तम विकल्प बन्यो,” अध्यक्ष थापामगरले भन्नुभयो – “यसले जिल्लावासीलाई धेरै सहयोग मिल्ने अपेक्षा लिएका छौँ ।”

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...