Thursday, November 5, 2015

व्यावसायिक सयपत्री फूलको खेती

दाङ, १९ कात्तिक । जिल्लामा फूलको अभाव भइरहेको समयमा यहाँका तीनजना युवाले व्यावासायिक सयपत्री फूलको खेती गरेका छन् ।

थ्री इडिएट्स कुखुरा फार्म सञ्चालन गर्दै आएका जिल्लाको लमहीका कृष्ण घिमिरे, नारायण घिमिरे र मुकेश अधिकारीले यस वर्षदेखि नौ कट्ठा जग्गामा फूलको व्यावसायिक खेती सुरु गर्नुभएको हो । अहिले बारीभरि फूल फुलेको छ । कुखुरा फार्मका लागि भाडामा लिएको जग्गामध्ये बचेको जमिनमा फूलको खेती गरिएको घिमिरेले बताउनुभयो ।

अहिले तयार भएको फूल बिक्रीका लागि पहिलो चरणमा काठमाडौँ लैजाने तयारी छ । स्थानीय स्तरमा पनि फूलको बिक्री–वितरण गरिने घिमिरेले जानकारी दिनुभयो । माला बनाएर फूलको बिक्री हुने र एउटाको मूल्य रु एक सयसम्म पर्छ ।

फूलको बेर्ना मकवानपुरको हेटौँडाबाट ल्याइएको घिमिरेले बताउनुभयो । प्रतिबेर्ना रु चारका दरले किनेर पाँच हजार बिरुवा लगाइएको उहाँले बताउनुभयो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...