साउदी अरब, १० मङ्सिर । वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरबमा ज्यान गुमाएका एक नेपालीको शव महिनौँदेखि अलपत्र परेको छ । स्याङ्जा, दरौ–१ काउलेका ३२ वर्षीय जयबहादुर रोकाको शव तीन महिनादेखि साउदी अरवमा अलपत्र परेको हो । रोकाको शव स्वदेश पठाउने विषयमा साउदीमा रहेको नेपाली दूतावासले चासो नदिँदा शव अलपत्र परेको आफन्तजनले गुनासो गरेका छन् । जोर्डानको सीमा नजिकै पर्ने अल टुरिफस्थित अल जोउफ सिमेन्ट कम्पनीमा क्याम्प सुपरभाइजरका रुपमा कार्यरत रोकाको कार्यस्थलमै दुर्घटनामा परी गत भदौ ३ गते मृत्यु भएको थियो । आठ वर्षदेखि उक्त कम्पनीमा कार्यरत रोका नौ महिनाअघि घरबिदा सकिएपछि साउदी फर्केका थिए । रोकाको शव अल टुरिफमा रहेको टुरिफ सरकारी अस्पतालको शवगृहमा राखिएको छ । घटना हुनेबित्तिकै दूतावासलाई जानकारी गराइएको भए पनि उनको शव स्वदेश पठाउने विषयमा दूतावासले चासो नदिँदा लामो समयसम्म शव अलपत्र परेको स्याङ्जाका लाल शर्मा पौडेलले गुनासो गर्नुभयो । शव झिकाइदिनका लागि नेपालबाट आफूलाई रोकाका परिवारले दैनिकजसो फोन गर्ने गरेको उहाँले बताउनुभयो । मृत्युसम्बन्धि मामिला हेर्ने दूतावासका सहचारी सन्तोष अधिकारीलाई पटक पटक टेलिफोन सम्पर्क गर्ने प्रयास गरे पनि सम्पर्क हुन नसकेको पौडेलले दुखेसो गर्नुभयो । रासस
Friday, November 27, 2015
स्याङ्जाका जयबहादुरको शव महिनौँदेखि साउदीमा अलपत्र
Subscribe to:
Post Comments (Atom)
Featured Post
नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए
काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...
No comments:
Post a Comment