Thursday, November 26, 2015

बच्चा जन्माउन नसक्दा महिलाको मृत्यु

pregnant-women-03-300x300खोटाङ, १० मङ्सिर । बच्चा जन्माउन नसक्दा खोटाङमा एक महिलाको मृत्यु भएको छ । जिल्लाको उत्तरी गाविस खार्मी–८ की २२ वर्षीया गङ्गादेवी तामाङको बिहीबार मृत्यु भएको हो ।

घरमा सुत्केरी व्यथा लागेको लामो समयपछि सदरमुकाम दिक्तेल लैजाने क्रममा बिहीबार दिउँसो बाटैमा मृत्यु भएको मृतकका देवर प्रजल तामाङले बताउनुभयो । “सुत्केरी व्यथा लागेर घरमा छट्पटी सुरु भयो”– उहाँले भन्नुभयो– “लामो समयसम्म बच्चा नजन्मिएपछि अस्पताल पु¥याउन नपाउँदै बाटैमा मृत्यु भयो ।”

मृतकको शव जिल्ला अस्पताल खोटाङमा लगेर परीक्षण गरेपछि घर फर्काइएको आफन्तले जनाएको छ । गत वर्ष महाप्रसाद तामाङसँग वैवाहिक बन्धनमा बाँधिएकी उनको पहिलो बच्चा जन्माउने क्रममा मृत्यु भएको जनाइएको छ ।

मृतकका श्रीमान् महाप्रसाद रोजगारीको सिलसिलामा साउदी अरबमा रहेका छन् ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...