Thursday, November 26, 2015

अदालती कामका लागि अब लेखनदास नचाहिने, सेवाग्राहीका लागि छुट्टै डेक्सको व्यवस्था

adaalatभक्तपुर, १० मङ्सिर । भक्तपुर जिल्ला अदालत आउने विभिन्न शीर्षकका मुद्दाका लागि निवेदन लेख्न अब लेखनदास नचाहिने भएको छ ।

लेखनदासबाट सेवाग्राही ठगिन थालेपछि सर्वोच्च अदालतदेखि जिल्ला अदालतसम्म पनि लेखनदासले गर्ने काम सेवाग्राही आफैँले गर्नसक्ने व्यवस्था गरेपछि लेखनदास नचाहिने भएको हो ।

आज भक्तपुर जिल्ला अदालतमा यसबारे जानकारी दिँदै अदालतका स्रेष्तेदार खड्गराज अधिकारीले अदालतमा कुनै पनि मुद्दा वा निवेदन दिन लेखनदास नचाहिने बताउँदै अदालतको वेभसाइट धधध।क्गउचझभअयगचत।नयख।लउ बाट निवदेनको नमुना ‘डाउनलोड’ गरेर आफँैले भरेर दिनसक्ने व्यवस्था गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “सेवाग्राहीले अदालतमा आफ्नो निवेदन दिन अब लेखनदास खोज्दै हिँड्नु पर्दैन, वेभसाइटबाट डाउनलोड गरेर वा अदालतको सहायता कक्षमा आएर फारम लिएर आफैँले भरेर दिन सकिन्छ ।”

अदालतले ४० वटा निवदेनको फारम वेभसाइटमा राखेको जानकारी दिँदै उहाँले कुनै पनि मुद्दाको निवेदन दिन अब सहज भएको बताउनुभयो । यसका लागि भक्तपुर जिल्ला अदालतले सेवाग्राहीलाई आइपरेका समस्या समाधानका लागि एक जना कर्मचारीसहितको सहायता कक्ष सञ्चालन गर्न लागेको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...