Friday, November 27, 2015

पेट्रोल बम प्रहार गरी बोर्डिङ स्कुलमा आगजनी

aaglaagiगौशाला, १२ मङ्सिर । महोत्तरी जिल्लाको सोनामाई गाविसमा गएराति अज्ञात समूहले पेट्रोल बम प्रहार गरी एक बोर्डिङ स्कुलमा आगजनी गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार सोनामाई गाविस–२ मा अवस्थित एसएम ग्यालेक्सी इङ्लिस बोर्डिङ स्कुलमा गएराति अज्ञात समूहले पेट्रोल बम प्रहार गरी आगजनी गरेका हुन् ।

आगजनीबाट सो विद्यालयका प्रधानाध्यापक बस्ने कोठाभित्रका दराज, फर्निचर, स्टेसनरीसहित केही महत्वपूर्ण कागजात नष्ट भएको प्रहरी नायब उपरीक्षक विनोद सिलवालले बताउनुभयो ।

गाउँभन्दा बाहिर जलेश्वर–बर्दिबास सडकखण्डको छेउमा रहेको सो विद्यालयमा मध्यरातमा भएको आगजनीबारे कसैले केही पनि थाहा पाउन सकेनन् ।

आगजनीबाट रु दुई लाखभन्दा बढीको क्षति भएको अनुमान गरिएको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...