Monday, November 2, 2015

अन्तरक्रिया कार्यक्रम

Heading copy

रेडियो अर्पण, कार्तिक १६

सामुदायीक रेडीयो रेडियो अर्पण १०४.५ मेगाहर्जले स्वच्छ शहर र व्यवस्थित वजार विषयक अन्तरकिृया कार्यक्रम गरेको छ। विशेष गरी चाडपर्वको अवसरमा हुन सक्ने दुर्घटना तथा विकृतीलाई न्यूनिकरण गर्दै सुन्दर बजार निर्माण गर्नुपर्नेमा स्थानिय समाजसेवि तथा व्यवसायीहरुले जोड दिएका छन। रेडियो अर्पणका कार्यकारी अध्यक्ष वेद प्रसाद आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै खानेपानी तथा सरसफाई उपभोक्ता समीती रत्ननगर १ का संयोजक

शालिकराम सापकोटाले रत्ननगर नगरपालीका तथा उ.वा.संघ रत्ननगरले  पहल गरी हाल रहेको सडकको धुलो लाई दिनको २ पटक पानी हाल्ने व्यवस्था मिलाई चाडपर्व सम्म भए पनि व्यवस्थीत गनुपर्ने र   यसमा खानेपानीका तर्फवाट आफुले पहल गर्ने वताउनुभयो। लामो समयदेखि बकुलहर क्षेत्रसहित टिकौली देखि टाँडी चोकसम्मको सडक मर्मत नहुँदा व्यवसायी मात्र नभएर शहर आउने जाने सबैले सास्ती व्यहोर्नुपरेको गुनासो दैनिकजसो नै रेडियोमा आउने गरेको र यस सम्बन्धमा सरोकारवालालाई सचेत गराउने रिपोर्ट बनाउने जस्ता कार्यरेडियोले गरिरहेपनि खासै उन्नति हुन नसकेको बताउँदै स्थानीय सहित उद्योग बाणिज्य संघ र नगरपालिका कार्यालयले पहल गरी चाडबाडसम्म भएपनि दैनिक पानी हाली धुलोमुक्त बनाउन पत्राचार गर्ने अध्यक्ष आचार्यले बताउनुभयो कार्यक्रममा बोल्दै नगरस्तरीय टोलविकास समन्वय समीतीका अध्यक्ष बाबुराम गौतम,रेडीयोका सचिव सुरज पौडेल,व्यवसायी विपिन शर्मा आचार्य,स्थानीय काशीराम पौडेलले रेडीयोले आगामी दिनमा पनि चाडपर्व र संस्कृती जोगेर्ना गर्ने गरी कार्यक्रम लेराउनु पर्नेमा जोड दिनु भयो।साथै रेडीयोले शुभदिपावली २०७२ को अवसर पारी स्थानिय समाजसेवि,संघ संस्था,व्यवसायीहरु संग मिलेर तिहार मेला तथा परम्परागत देउसी भैलो सांस्कृतिक विषेश कार्यक्रम आयोजना गर्नलागेको रेडीयोका सचिव सुरज पौडेलले जानकारी दिनु भयो।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...