Tuesday, November 3, 2015

बम भेटिएको हल्लाले …

image012भक्तपुर, १७ कात्तिक । भक्तपुरको सल्लाघारीमा आज बम भेटिएको हल्ला चलेपछि यो क्षेत्रमा पाँच घन्टासम्म तनाबको स्थिति बन्यो ।

बिहान ११ बजे सल्लाघारीस्थित इवामुरा अस्पताल र सैनिक आवासीय महाविद्यालय नजिकै तीनवटा झोला झुन्ड्याइएका र त्यसमा बम रहेको हल्ला चले पछि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले त्यस क्षेत्रलाई नियन्त्रणमा लिएर सर्च गरेको थियो ।

बम राखिएको हल्ला चलेपछि प्रहरीले सो क्षेत्रलाई घेराबन्दी गरेपछि सल्लाघारीबाट दूधपाटी जाने सडक बन्द गरेको थियो भने पैदल यात्रीलाई समेत आवतजावतमा रोक लगाइएको थियो ।

तीन घन्टा ढिलो आएको नेपाली सेनाको बम डिस्पोजल टोलीले एक घन्टाको सर्चपछि झोलामा बम नभएको पुष्टि गरेको थियो । मानसिक अवस्था बिग्रेकी एक महिलाले ल्याएर सोमबारदेखि राखेको उक्त झोलाका कारण अनाहकमा सुरक्षाकर्मी र सर्वसाधारणले दुःख पाएका थिए । पछि उनी आफ्नो खानेकुरा र लत्ताकपडा रहेको भन्दै लिन आएकी थिइन् ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...