Friday, November 6, 2015

सिंहदरबारमा केपी, सुशील र ओनसरीको बैठक

gofF ;+ljwfg hf/L ePsf] v';LofnLdf g]skf Pdfn]sf cWoIf s]kL cf]nL4f/f /+uzfnfdf cfof]hLt lrofkfg sfo{qmddf k|wfgdGqL ;'zLn sf]O/fnfnfO{ :jfut ub} cWoIf cf]nL . tl:a/ M k|bLk/fh jGt,/f;;

काठमाडौँ, २० कातिक । सवैधानिक परिषद्ले रिक्त रहेको प्रमुख निर्वाचन आयुक्त र आयुक्त दुईको पदका लागि योग्यता पुगेका तथा आवेदन दिन चाहेका व्यक्तिको अभिलेख अद्यावधिक गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री केपी ओलीको अध्यक्षतामा आज सिंहदरबारमा बसेको परिषद्को बैठकले त्यसका लागि सात दिनको म्याद दिएर सूचना प्रकाशित गर्ने निर्णय गरेको हो । बैठकपछि परिषद्का सदस्य एवम सभामुख ओनसरी घर्तीले संवैधानिक निकायमा पदाधिकारी नियुक्तिसम्बन्धी कार्यविधिअनुसार निर्वाचन आयोगमा रिक्त रहेका पदाधिकारीको नियुक्ति सम्बन्धमा सात दिनको म्याद दिएर अभिलेख अद्यावधिक गर्ने निर्णय भएको जानकारी दिनुभयो । प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेती तथा आयुक्तद्वय रामभक्त पिभी ठाकुर र दोलखबहादुर गुरुङ उमेरका कारण सेवानिवृत्त भएपछि आयोगका ती पदहरु रिक्त भएका हुन् । परिषद्ले यसअघि निर्वाचन आयोगमा रिक्त रहेका पदमा नियुक्तिका लागि तयार गरेको रोस्टरलाई यथावत् राखेर नयाँ व्यक्तिको अभिलेख अद्यावधिक गर्न केही दिनभित्रै सूचना जारी गर्न लागेको हो । बैठकमा परिषद्का सदस्य कायममुकायम प्रधानन्यायाधीश गिरिषचन्द्र लाल, सभामुख घर्ती र व्यवस्थापिका–संसद्मा प्रमुख प्रतिपक्षी दलका नेता एवम् नेपाली काँग्रेसका सभापति सुशील कोइराला सहभागी हुनुहुन्थ्यो । रासस 

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...