Saturday, November 21, 2015

पाल्पाका भूकम्प प्रभावितलाई तीन करोड राहत

पाल्पा, ६ मङ्सिर । पाल्पाका भूकम्प प्रभावित परिवारलाई रु तीन करोड राहत प्रदान गरिएको छ । भूकम्पबाट प्रभावित परिवारलाई आयआर्जनमा टेवा पुगोस् भन्ने हेतुले सो राहत रकम वितरण गरिएको हो ।

जिल्लाका मुझुङ, छहरा, फोक्सिङ्कोट, सहलकोट, रामपुर नगरपालिकाको गाडाकोट, मित्याल, गल्धा गाविसका भूकम्प प्रभावितलाई हेफर इन्टरनेसनल नेपालले स्थानीय गैरसरकारी संस्थामार्फत उक्त रकम प्रदान गरेको हेफर नेपालका वरिष्ठ कार्यक्रम अधिकृत अनन्त सिलवालले बताउनुभयो ।

भूकम्प प्रभावित एक हजार ७०० बढी परिवारमा रु तीन करोड बढी रकम वितरण गरिएको छ । उहाँले भन्नुभयो – “भूकम्पबाट आहात खेपेका परिवारले घरको पशुधन बिक्री गर्न नपरोस् भन्ने हो ।”

प्राप्त रकमबाट आयआर्जन, पशुधन सुरक्षा, खोर, गोठ निर्माणमा सहयोग पुग्ने विश्वास हेफरको छ । प्रतिपरिवार रु १५ हजारका दरले आयआर्जन कोषका लागि रकम प्रदान गरिएको स्काई समाजका कार्यक्रम संयोजक विष्णु कँडेलले बताउनुभयो ।

भूकम्पले गर्दा घर भत्केका, चर्केर बस्न नमिलेकालाई सरकारले प्रदान गरेको रातो र पहेँलो कार्डको आधार बनाएर रकम दिइएको हेफर इन्टरनेसनलको साझेदार संस्था ग्रामीण आर्थिक विकास सङ्घ रेडाका कार्यकारी निर्देशक लीलाबहादुर कार्कीले बताउनुभयो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...