Tuesday, December 1, 2015

दाङका चार खोला तथा नदीबाट ढुङ्गा, बालुवा गिट्टी निकासीका लागि स्वीकृति

timthumb.phpतुलसीपुर (दाङ), १६ मङ्सिर । सरकारले दाङका चारवटा खोला तथा नदीबाट ढुङ्गा, बालुवा र गिट्टी निकासीका लागि स्वीकृति दिएको छ ।

स्थानीय विकास अधिकारी रमेश गौतमका अनुसार तुलसीपुर क्षेत्रको पातुखोला, ग्वारखोला, बबईनदी र राप्तीनदीको पश्चिम क्षेत्रबाट ढुङ्गा, गिट्टी र बालुवा निकासीका लागि स्वीकृति पाएको हो ।

लामो समयदेखि जिल्लामा ढुङ्गाजन्य वस्तु निकासी र बेचबिखनमा रोक लगाउँदा मारमा परेको भन्दै सर्वसाधारण तथा व्यवसायीले व्यापक गुनासो स्थानीय प्रशासनलाई राख्दै आएका थिए । सोहीबमोजिम केही दिनअगाडि जिल्ला दैवी प्रकोप उद्धार समिति दाङको बैठकले हाललाई चारवटा खोलाबाट नदीजन्य पदार्थ उत्खनन र निकासी खुल्ला गर्न गरेको सिफारिसअनुसार राष्ट्रपति चुरे संरक्षण समितिले निकासीका लागि स्वीकृति दिएको हो । जिल्लामा नदीजन्य पदार्थ उत्खननमा रोक लगाएपछि चोरी गरेर निकासी गर्ने प्रवृत्ति बढेको थियो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...