Tuesday, December 29, 2015

सल्यान २२औँ साक्षर जिल्ला घोषणा

सल्यान, १५ पुस । सल्यान जिल्लालाई २२औँ पूर्ण साक्षर जिल्ला घोषणा गरिएको छ । मङ्गलबार शिक्षामन्त्री गिरीराजमणि पोख्रेलले साक्षर स्तम्भको अनावरण गर्दै जिल्लालाई एक समारोहबीच पूर्ण साक्षर जिल्ला घोषणा गर्नुभएको हो ।

नेपालले सन् २०१५ भित्रमा देशलाई पूर्ण साक्षर घोषणा कार्यक्रमअन्तर्गत जिल्लालाई पूर्ण साक्षर जिल्ला घोषणा गरिएको शिक्षामन्त्री पोख्रेलले बताउनुभयो । जिल्लामा १५ देखि ६० वर्ष उमेर समूहका ९७.७२ प्रतिशत साक्षर भएपछि जिल्लालाई पूर्ण साक्षर जिल्ला घोषणा गरिएको जिल्ला शिक्षा अधिकारी वरखुप्रसाद रजकले जानकारी दिनुभयो ।

कार्यक्रममा शिक्षामन्त्री पोख्रेलले सल्यानमा प्राविधिक शिक्षालय स्थापनाका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

यसअघि एमाले पोलिटब्युरो सदस्य तथा अर्थसमितिका सभापति प्रकाश ज्वालाले सल्यानमा शिक्षक दरबन्दी समानुपातिक रुपमा वितरण नगरिएकाले यसलाई व्यवस्थित गर्न शिक्षामन्त्रीसँग माग गर्नुभयो । जिल्लामा रहेका ९१ वटा माध्यमिक विद्यालयमध्ये ३५ वटा विद्यालयमा दरबन्दी छैनन् यसबाट गुणस्तरीय शिक्षाको कसरी आशा गर्न सकिन्छ, यसलाई तत्काल व्यवस्था गर्न शिक्षामन्त्रीसँग आग्रह गर्दै सभापति ज्वालाले भन्नुभयो, “अहिलेको शिक्षा व्यावहारिक र रोजगारीमूलक हुनुपर्छ यसका लागि जिल्लामा प्राविधिक शिक्षालयको आवश्यक छ यसमा मन्त्रालयले ध्यान देओस ।”

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...