Tuesday, December 29, 2015

हलिया पुनः स्थापना आयोग गठन गर्नुपर्ने माग

काठमाडौँ, १५ पुस । मुक्त हलिया पुनः स्थापना आयोग गठन गर्नुपर्ने माग अधिकारकर्मीले गरेका छन् । मुक्त हलियाको ‘पुनः स्थापना, अवस्था र चुनौती’ विषयक मङ्गलबार यहाँ आयोजित छलफल कार्यक्रममा सहभागीहरुले सो कुरा माग गरेका हुन् ।

कार्यक्रममा दलित समाज तथा कल्याण सङ्घका अध्यक्ष भक्त विश्वकर्माले हलिया शिक्षा र आर्थिक क्षेत्रमा कमजोर भएका कारण जीविकोपार्जन गर्न निकै समस्या हुने भएको बताउँदै सरकारले उनीहरुका लागि विभिन्न किसिमको तालिमको व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले सरोकारवाला निकायको सहकार्यमा हलियाको अधिकार स्थापित गर्नका लागि नीतिको वकालत गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा सहभागीहरुले सरकारको कमजोरीकै कारण अझै धेरै परिवार हलिया बसेर जीवन निर्वाह गर्नुपरेको अवस्था छ भने धेरै हलियाको परिचयपत्रबाट समेत वञ्चित रहनु परेको र अबका दिनमा यस्तो अवस्थाबाट छुट्कारा पाउनका लागि सरकारले योजना निर्माण गरी कार्यान्वयनको जिम्मा स्थानीयवासीलाई दिनुपर्ने माग गरेका छन् ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...