Tuesday, December 1, 2015

मोर्चा कार्यकर्ताले धनुषामा मोटरसाइकल जलाए

indexमहेन्द्रनगर (धनुषा), १५ मङ्सिर । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले आज धनुषामा एक मोटरसाइकलमा आगजनी गरेर क्षति पुर्‍याएका छन् ।

जर्किनमा पेट्रोल लिएर जनकपुर पिराडी चोकतर्फ जाँदै गरेको एक मोटरसाइकलमा आन्दोलनकारीले आगजनी गरेका छन् । जनकपुर चुरोट कारखाना गेट अगाडि आगजनी गरिएको मोटरसाइकल जलेर पूर्णरुपमा नष्ट भएको छ ।

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा, मातृका यादव नेतृत्वको संयुक्त मधेसी राष्ट्रिय आन्दोलन समिति र मधेस क्रान्ति सङ्घर्ष समितिको संयुक्तरुपमा निस्केको जुलुसले उक्त मोटरसाइकलमा आगजनी गरेको हो ।

भारतीय बजारबाट १२० लिटर पेट्रोल ल्याई तस्करी गर्न गइरहेको आरोप लगाई ज १ प ६०२३ नम्बर मोटरसाइकलमा आगजनी गरिएको आन्दोलनकारीले जनाएका छन् ।

आन्दोलनकारीले यसअघि पेट्रोलियम पदार्थ बोकेको आरोपमा एक दर्जन मोटरसाइकल र दुई ट्रकमा आगजनी गरेका छन् भने दर्जनौँ बस तथा ट्रकमा तोडफोड गरेका छन् ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...