Saturday, December 5, 2015

गाडीभित्र एक पुरुषको रहस्यमय मृत्यु

रत्ननगर (चितवन), १९ मङ्सिर । पूर्वी चितवनको राप्ती नगरपालिकामा एक पुरुष गाडीभित्रै मृत फेला परेका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज दिउँसो अन्दाजी ५० वर्षका पुरुष गाडीभित्रै मृत फेला परेका हुन् । उनको पहिचान खुलेको छैन ।

राप्ती नगरपालिकाको खुरखुरे नजिकै उक्त घटना भएको हो । ना४ख ८७२७ नंको ट्रकभित्र उनी मृत अवस्थामा भेटिएको चितवनका प्रहरी नायब उपरीक्षक राजन अधिकारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार मृत्युको कारण नखुलेको र अनुसन्धान भइरहेको छ । विगत केही दिनदेखि बिग्रिएर थन्किएको गाडीमा उनको कसरी मृत्यु भयो भन्ने घटना रहस्यमय रहेको छ ।

चालकको सिट पछाडि घोप्टो परेको अवस्थामा उनको शव फेला परेको हो अहिले शव परीक्षणका लागि भरतपुर अस्पताल लगिएको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...