Friday, December 4, 2015

एकल महिलाले गरिन विवाह

index

मंसिर १८ गते ।

हाम्रो समाजमा श्रीमानको निधन भएपछि महिलाहरु एकल बसेर जिवन एक्लै व्यथित गर्दै आएका छन् । समाजले के भन्ने होर गर्ने हो भनेर एक्लै जिउन बाध्य हुन्छन् । यद्यपि, उर्लाबारी—१ मोरङकी एकल महिला २९ बर्षीया सारदा खड्काले त्यस्तो नसोची आज १७ गते पथरीशनिश्चरे १ मोरङ देविगञ्ज निवासी टेकबहादुर राउतसँग परम्परागत तरिकाले बैवाहिक जिवनमा बाधिनुभएको हो । राउतले सारदाको घरमा जन्ती सहित आएर बैवाहिक जिवनमा बाधिनुभयो । हालका श्रीमानको श्रीमतीसँग छोडपत्र भईसकेको छ । सारदाको पहिलो श्रीमान मोरङ केरौन निवासी सुन्दर कार्कीको विवाह भएको केहिदिनमै बैदेशकि रोजगारीमा गएको बेला निधन भएको थियो । यता राउतको भने बिदेशमा भएको बेला श्रीमतीले छोडेकी थिन ।
श्रीमानको निधन भएपछि माइतीमै बस्दै आउनुभएकी सारदाले लामो जिन्दगी जिउन सहज होस भनेर आफन्तको सरसल्लाहामा विवाह गर्नुभएको हो । उहाँको विवाहमा उनको पूर्व श्रीमान २ जना काका ससुरा र काकीसासुहरुले पहिलो पटक उनीहरुलाई टिका लगाईदिएर आर्शिवाद दिनुभएको थियो । सारदाले मानव अधिकारको लागि महिला एकल महिला समुह उर्लाबारीमा सह—सचिवको पदमा रहेर जिम्मेवारी सम्हाल्दै आउनुभएको थियो ।
परम्परागत मुल्य मान्यतामा आधारित सामाजिक संरचना भएकै कारण एकल महिलाको पुर्नरविवाहलाई समाजले खासै थालनी नगरेको अवस्थामा यो उदाहरणिय कार्यको थालनी भएको मानव अधिकारको लागि महिला एकल महिला समुह उर्लाबारी अध्यक्ष शोभा चेम्जोङ पालुङ्वाले बताउनुभयो ।
यस्ता कार्यले अरु एकल महिला तथा परिवारलाई पनि पुर्नर विवाहको लागि सकारात्मक शिक्षा हुने अध्यक्ष पालङ्वाको बुझाई छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...