इलाम, १९ मङ्सिर । सहिद रत्नकुमार वान्तवाको स्मृतिमा इलाममा शुक्रबारदेखि अन्तर माविस्तरीय फुटबल प्रतियोगिता सुरू भएको छ ।
जिल्लाभरका ८० वटा माध्यमिक विद्यालयको सहभागिता हुने अनुमान गरिएको प्रतियोगिताको सुरूमा छनोट चरणका खेल सम्पन्न हुने अनेरास्ववियु जिल्ला कमिटीका अध्यक्ष रवीन्द्र सुवेदीले जानकारी दिनुभयो ।
भौगोलिक रूपमा विकट मानिएको दानाबारी, महमाई, चुलाचुली बाँझो, साकफारा र चिसापानी गाविसलाई एक क्षेत्र मानेर र अन्य तीन निर्वाचन क्षेत्रमा गरी चार क्षेत्रमा छनोट प्रतियोगिता हुनेछ ।
देउमाई नगरपालिकाको मङ्गलबारेको छात्राबास, करफोक विद्या मन्दिर, ठूलो टुँडिखेल र दानाबारीको सितलु खेलमैदानमा छनोट चरणका खेल सुरू भएका हुन् ।
छनोट चरणबाट समूह विजेता र उपविजेता बनेका आठ विद्यालयबीच ठूलो टुँडिखेलमा क्वाटर फाइन चरणको प्रतियोगिता हुनेछ ।
रु आठ लाख खर्च लाग्ने अनुमान गरिएको प्रतियोगिताको विजेताले रु ५० हजार नगदसहित पदक र प्रमाणपत्र पाउने छन् भने उपविजेताले रु ३० हजार नगदसहित पदक र प्रमाणपत्र पाउने आयोजकले जनाएको छ ।
No comments:
Post a Comment