Friday, December 25, 2015

पञ्चायतको ३६ औ अबिभावक दिवस सम्पन्न

DSC_2651

पौष ९
पथरी । पञ्चायत उच्च माबि पथरीशनिश्चरे १ ले आफनो ३६औँ अबिभावक दिवस (वार्षिकोत्सव कार्यक्रममा सम्पन्न गरेको छ ।

DSC_2653
बिहिबार बिद्लय परिसरमा बिबिध कार्यक्रमको आयोजना गरि सम्मान कार्यक्रम पुरस्कार बितरण आर्थिक प्रतिबेदन पेश गर्दै कार्यक्रम सम्पन्न गरेको हो । कायक्रममा प्रमुख अतिथी जिल्ला शिक्षा अधिकारी फडिन्द्र खत्री र विस्शिट अतिथी सभासद चण्डि प्रसाद राईले पुरस्कार बितरण गर्नु भयो ।

DSC_2667
कार्यक्रममा कक्षा नर्सरी देखि कक्षा ५ सम्माको जेहेन्दार १५ जना बिद्यर्थीहरुलाई न्यानो स्वूटर बितरण गरेको थियो ।
स्वा पर्शुराम अधिकारी १७ हजार रुपैया गंगामाया विष्ट २५ हजार रुपैया, नवीन ढकाल स्मृति १७ हजार रुपैया, मनमाया थापा ४० हजार रुपैया र पञ्चायत उच्च माबिले ७६ हजार ९ सय ८० रुपैया गरि जम्मा १ लाख ७५ हजार ९ सय ८० रुपैयाको अक्षयकोष स्थापना भएको छ । अक्षयकोषबाट आएको ब्याजले न्यानो स्वूटर वितरण गरेको हो ।

DSC_2675
सोही कार्यक्रममा सोही बिद्यालयको कक्षा १२ मा अध्ययनरत छात्र नवीन ढकालको निधन भए पछि परिवारले अक्षयकोष स्थापना गरेको बिहिबार स्वा नवीनका काका तुलसी ढकालले आफ्नो भतिजाको नामको अक्षयकोष २० हजार बढाएर ३७ हजार बनाएको घोषणा गर्दै बिद्लय ब्यवस्थनपन समितिका अध्यक्ष आइतकुमारी तुम्वापोलाई हस्तानतरण गरेको थिए ।

DSC_2679
यस्तै नेपाली कांग्रेस पार्टीका महासमिति सदस्य तथा समाजसेवी वीरबहादुर वस्नेतले आफ्नो बाबु स्वा मानबहादुर वस्नेत र आमा सरस्वती वस्नेतको स्मृतिमा ५१ हजार १ सय ५१ रुपैयाको गरिव तथा जेहेन्दर बिद्यर्थीको नाममा अक्षयकोष स्थापनाको घोषणा गरेका छन ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...