यूएई । ‘हाम्रो परम्परा हाम्रो सांस्कृति हाम्रो पहिचान, सहयोगार्थका लागि चेतना जगाउने अभियान’ भन्ने मुल नारालाई आत्मसाथ गर्दै युएईमा रहेका सुदूरपश्चिमबाशी नेपालीहरुलाई एकसूत्रमा बाध्दै देशमा हुने प्राकृति प्रकोप, दैवी प्रकोप जस्ता विपत्तिहरुमा तथा गरीब असहायहरुलाई सकिदो सहयोग गर्नका लागि र बैदेशिक रोजगारीको शिलशिलामा यूएईमा कार्यरत नेपालीहरुको हितका लागि संगठित रुपले अघाडि बढ्ने उदेश्यले २ जनवरी २०१५ मा स्थापना भएको सुदूर पश्चिम सेवा समाज युएईले आफ्नो क्षेत्रीय समितिहरुलाई तीब्रताका साथ बिस्तार गर्दै लैजाने क्रममा २५ डिसेम्बर २०१५ शुक्रबारका दिन रास-अल खैमा क्षेत्रीय समिति गठन गरेको छ ।
नेपालीहरुबीच नेपाली हुनुको पहिचान, नेपालभित्रका बिभिन्न भाषा, सांस्कृति मौलिकपनको बिकास र आपत बिपतमा सहयोग गर्न सक्रिय समाजले समाज सेवी तथा एनआरएन रास-अल खैमा क्षेत्रीय समितिका अध्यक्ष राजेन्द्र प्रशाद रोस्याराको बिशेष उपस्थितीमा सम्पन्न एक वृहत भेलाले नारायण दत्त पन्तको अध्यक्षतामा १३ सदस्यिय कार्यसमिति चयन गरेको छ ।
नवगठित समितिका अध्यक्ष नारायण दत्त पन्तले आफुले जिम्बेबारी पाएकोमा खुशी ब्यक्त गर्दै आउँदा दिनहरुमा रास-अल खैमामा रहेका सम्पूर्ण सुदूरपश्चिम बाशीहरुलाई एकजुट गरेर अघाडि बढ्ने जिज्ञासा राखेका थिए ।
समाज सेवी तथा एनआरएन रास-अल खैमा क्षेत्रीय समितिका अध्यक्ष राजेन्द्र प्रशाद रोस्याराले नयाँ समितीलाई बधाई तथा शुभकामना दिदै आगामी दिनमा समितिले रास-अल खैमामा कार्यरत सम्पूर्ण सुदूर पश्चिम बाशीहरुलाई एकजुट गर्दै अघाडी बढ्ने छ भन्ने बिचार ब्यक्त गरेका थिए ।
कार्यक्रममा उपस्थित सदस्यहरुले आ-आफ्ना जिज्ञासा राख्दै सुदूर पश्चिम सेवा समाज युएईले आयोजना गरेको ‘वार्षिक उत्सब तथा देउडा सांस्कृतिक कार्यक्रम’लाई भब्यताका साथ सफल पार्नु आफुहरु लागि पर्ने कुरामा जोड दिदै केन्द्रिय समितीले जस्तो सुकै जिम्मा दिए पनि लिएर कार्यक्रम सफल पार्नु सहयोग गर्ने धारणा राखेका थिए ।
त्यस्तै नवगठित रास-अल खैमा क्षेत्रीय समितीलाई फोन मार्फत बधाई तथा शुभकामना दिदै देउडा गायक तथा सुदूर पश्चिम सेवा समाज युएईका महासचिब मान बहादुर के.सी. ‘मुस्कान’ले सुदूर पश्चिम सेवा समाज युएई गठन भएको एक बर्ष नपुग्दै यूएईका तीन प्रान्तमा पहिलै क्षेत्रीय समिती गठन भई सकेका र वार्षिक उत्सब मनाउने भब्य तयारी चलि रहेका बेला रास-अल खैमा क्षेत्रीय समिती गठन हुन समाजका लागि खुशीको कुरा हो यसले समाज अझै बलियो भएर अघाडि बढ्ने कुराको जानकारी दिएका छन् ।
नारायण दत्त पन्तको नेतृत्वमा निम्न अनुसारका पदाधिकारी तथा सदस्य रहने गरी कार्यसमिती चयन गरेको छ ।
अध्यक्ष श्री नारायण दत्त पन्त
उपाध्यक्ष श्री भुपेन्द्र वन
सचिब श्री प्रकाश खत्री
सहसचिब श्री रण बहादुर कुँवर
कोषाध्यक्ष श्री चन्द्र सिंह धामी
सदस्यहरु
श्री सुरेश चन्द
श्री पदम रेग्मी
श्री रमेश मल्ल
श्री डम्बर बहादुर धामी
श्री राजेन्द्र भट्ट
श्री अशोक शाही
श्री ओम पन्त
श्री डम्बर बहादुर चन्द
बरिष्ट सल्लाहकार
श्री राजेन्द्र प्रशाद रोस्यारा रहेका छन् ।
समाज सेवी राजेन्द्र प्रशाद रोस्याराको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमको संचालन प्रकाश खत्रीले गरेका थिए ।
Saturday, December 26, 2015
सुदूरपश्चिम सेवा समाज युएईको रास-अल खैमा क्षेत्रीय समिति गठन
Subscribe to:
Post Comments (Atom)
Featured Post
नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए
काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...
No comments:
Post a Comment