Wednesday, December 2, 2015

न्युयोर्कमा नेजा नाईट भव्यताकासाथ सम्पन्न

DSC03415

न्यूयोर्क,डिसेम्वर १/ नेपाल अमेरिका पत्रकार संघ नेजाले आईतवार नेपालका विविध विधाका ख्याति प्राप्त कलाकारहरुको सहभागीतामा नेजा नाईट दुई सम्पन्न गरेको छ । नेपाली सिने जगतका महानायक राजेश हमाल, हास्य जगतका स्थापित कलाकार मनोज गजुरेल, नायक दिलीप रायमाझी, गायक यम वराल लगायतका आधा दर्जन भन्दा वढी कलाकारहरुले आफनो विभिन्न विधामा दर्शकहरुलाई कार्यक्रम अवधि भर नचाउन, हँसाउन सफल भएका थिए ।

DSC03396

कार्यक्रमलाई सम्बोधन गर्दे राष्ट्रसंघका लागि नेपाली नियोगका उपप्रमुख नारायण मैनालीले विदेशी भूमिमा आफनो कला संस्कृतिको जगेर्ना गर्नको लागि गरिएको प्रयासको प्रशंसा गरे । उनले भने – नेपालका स्थापित कलाकारहरुको सहभागीतामा गरिने यस्तो कार्यक्रमले नेपालीत्वको भावनालाई मजवुत वनाउन टेवा पुगेको छ । कार्यक्रममा सहभागी महानायक राजेश हमालले विदेशी भूमिमा वसेर नेपाली सिनेमा जगतलाई माया गर्ने दर्शकहरुले नै कला संस्कृतिको जगेर्ना गर्ने वताए ।

DSC03384

दोश्रो सत्रमा महानायक राजेश हमालले आकर्षक नृत्य समेत प्रस्तुत गरेका थिए । उनलाई नृत्यमा वसन्ती राईले साथ दिएकी थिईन् । हमालले अमेरिकाको व्यस्त समयमा दर्शकहरुले कलाकारलाई माया गरेर आउनु भएकोमा आफूलाई खुशी लागेको भन्दै कलाकारहरुलाई पनि दर्शकको सामु पुग्दा आनन्द लाग्ने आफनो अनुभूति रहेको वताएका थिए ।न्यूयोर्क वरिपरि वसोवास गर्दे आएका नेपालीहरुको वाक्लो उपस्थितिका माझमा आफनो व्यङ्ग कला प्रस्तुत गर्दे कलाकार मनोज गजुरेलले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको भेषमा नेपाल माथि भएको नाकावन्दीको विरोधमा विभिन्न प्रस्तुति दिएका थिए । कार्यक्रमस्थल प्रवेश गर्दा मनोजले मोदीको भेषमा प्रवेश गर्दा हलमा दर्शकहरुले तालीले स्वागत गरेका थिए । उनले हिन्दी लवजमा व्यङ्ग प्रस्तुत गरेर कार्यक्रमलाई थप रोचक वनाएका थिए ।

DSC03364
नेजाको आकष्मिक कोषको सहयोगार्थ आयोजित कार्यक्रममा नायक दिलीप रायमाझीले नृत्य प्रस्तुत गरेका थिए । उनको साथमा शिला शेर्पाले नृत्य प्रस्तुत गरेकी थिईन । नेजाले नेपालमा कठिन घडीमा र भवितव्यको अवस्थामा सञ्चारकर्मीहरुलाई सहयोग गर्दे आएको छ । यसको लागि नेपाली सञ्चारकर्मीहरुको छाता संस्था नेपाल पत्रकार महासंघ सँग सहकार्य गर्दे आएको छ । यस्तो कार्यक्रमवाट संकलित रकम नेपाली सञ्चारकर्मी र उनीहरुको क्षमता अभिवृद्धिमा खर्च गरिने जानकारी नेजाका महासचिव भोला आचार्यले दिए । त्यसैगरी कार्यक्रमका सभापति समेत रहेका सल्लाहकार आडछिरिड शेर्पाले नेजा नाईटबाट पत्रकारहरुमात्र लाभान्वित नभएर कलाकारहरु पनि लाभान्वित भैरहेको वताउदै यसले नेपाली पत्रकारिता र कलाकारिता दुवै क्षेत्रको व्यवसायिकतामा महत्पूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । कार्यक्रम एउटा मात्र खुट्टाको सहायताले नृत्य गरेकी रश्मी खरेलले दर्शकको सामु आफनो प्रस्तुतिलाई निकै सवल तरिकाले प्रस्तुत गरेकी थिईन् । उनको नृत्य क्षमता देखेर उपस्थित दर्शकहरुले आश्चर्य व्यक्त गरेका थिए ।

DSC03314

कार्यक्रममा गायक यम वरालले आफनो चर्चित गीत वादलुको घुम्टोले ईलाम वजार छोपिदा मैले सवलाई विर्सेछु तिमीलाई सम्झिदा भन्ने वोलको गीत गाएका थिए । यसैगरी कलाकार कर्मा शेर्पा, गायिका पूजा न्यौपाने लगायतले आफनो कला प्रस्तुति गरेका थिए । कार्यक्रममा नृत्य निर्देशक विजय नकर्मीले निर्देशन गरेको स्थानिय कलाकारहरुको नृत्यले सवैको मन छोएको थियो । कार्यक्रममा जनसम्पर्क समिति अमेरिकाका अध्यक्ष आनन्द विष्ट,एनआरएन अमेरिकाका अध्यक्ष डा।केशव पौडेल,एनआएनका रिजनल कोअर्डिनेटर सोनाम लामा,अन्र्तराष्ट्रिय समन्वय समितिका सदस्य कानून व्यवसायी खगेन्द्र जिसी,नेपाली नियोग न्यूयोर्कका कृष्ण सुवेदी, प्रविण भट्टराई लगायतका व्यक्तित्वहरु सहभागी भएका थिए । यसैगरी न्यूयोर्कमा कानून व्यवसायीको रुपमा परिचय वनाउनु भएका विनोद रोका,रमेश श्रेष्ठ,दुर्गा भुर्तेल, आदिवासी जनजाति महासंघका अध्यक्ष लुईसाङ्ग वाईवा,एनआरएन अमेरिकाका वरिष्ठ उपाध्यक्ष कृष्ण पोख्रेल ,जनसम्पर्क समिति अमेरिकाका महासचिव मुनेन्द्र नेम्वाङ्ग,सदस्यहरु वेद खरेल, विष्णु सुवेदी, न्यूयोर्क च्याप्टरका सभापति रोशन ढुङ्गाना, लङ्ग आईल्याण्डका सभापति विश्व वास्तोला लगायतका सहभागी थिए । एनआरएन एवं नागरिक अगुवाहरु मोहन वहादुर ज्ञवाली , साहित्यकार गिता खत्री, सहभागी थिए । रिजऊड सोसाईटीका अध्यक्ष रविकिरण कोईराला तथा टीम समेतको सहभागिता रहेको थियो ।

DSC03318

नेजाका क्षेत्रीय संयोजकहरु विश्वराज थापा , भुपेन्द्र थापा, कार्यकारी सदस्यहरु मधुकर अधिकारी, तेम्बा दोङ्गवा ह्योल्मो, सहित पूर्व पदाधिकारीहरु गीता पन्थ,सहदेव पौडेल, विजय पौडेल, दिनेश जङ्ग शाह,पत्रकारहरु केशर कार्की, मनोज घिमिरे,विष्णुहरि घिमिरे, विष्णु पौडेल, निमा पाख्रिन ,वालकृष्ण वस्नेत,अभिमा उप्रेती लगायतका सञ्चारकर्मीहरुले कार्यक्रमलाई सफल वनाउन विभिन्न तवरले समन्वय गरेका थिए । एनआरएन निर्वाचनमा विजयी उत्तर अमेरिकाका क्षेत्रिय संयोजक सोनाम लामा र न्युयोर्क स्थित नेपाली कलाकारहरुको साझा संस्था नेपाल अमेरिकन आर्टिष्ट एशोसिएसनका नवनिर्वाचित अध्यक्ष गायक सुमन वुढामगरलाई वधाई तथा सुभकामना प्रदान गरिएको थियो । हास्य कलाकार गजुरेलको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी वनेर गरिएको प्रहषण हेर्न शिख समुदायका अमेरिकाका चर्चित शिख नेता डा अमरजित सिंहको एक समुह र सम्वन्धित समुदायद्धारा सन्चालित टिभी ८४ मिडियाको पनि उपश्थिति रहेको थियो । कार्यक्रम सञ्चालन पवनकलीको नामले परिचय वनाएकी माम्पी घोष र सञ्चारकर्मी अनुज थापाले गरेका थिए ।

तस्वीर : विश्वराज थापा

DSC03176 DSC03178 DSC03179 DSC03181 DSC03183 DSC03187 DSC03188 DSC03190 DSC03192 DSC03195 DSC03196 DSC03198 DSC03200 DSC03202 DSC03203 DSC03204 DSC03206 DSC03212 DSC03213 DSC03214 DSC03218 DSC03220 DSC03222 DSC03224 DSC03225 DSC03226 DSC03229 DSC03233 DSC03234 DSC03236 DSC03238 DSC03240 DSC03243 DSC03249 DSC03250 DSC03280 DSC03281 DSC03283 DSC03285 DSC03286 DSC03289 DSC03291 DSC03294 DSC03295 DSC03296 DSC03298 DSC03300 DSC03301 DSC03302 DSC03303 DSC03304 DSC03306 DSC03307 DSC03309 DSC03311 DSC03312 DSC03314 DSC03317 DSC03318 DSC03319 DSC03328 DSC03330 DSC03331 DSC03334 DSC03337 DSC03339 DSC03341 DSC03344 DSC03346 DSC03349 DSC03350 DSC03356 DSC03355 DSC03353 DSC03351 DSC03358 DSC03364 DSC03363 DSC03361 DSC03366 DSC03369 DSC03371 DSC03373 DSC03375 DSC03376 DSC03377 DSC03378 DSC03379 DSC03380 DSC03381 DSC03382 DSC03383 DSC03384 DSC03387 DSC03390 DSC03393 DSC03395 DSC03396 DSC03399 DSC03400 DSC03403 DSC03404 DSC03408 DSC03409 DSC03410 DSC03413 DSC03415 DSC03416 DSC03418 DSC03419 DSC03425 DSC03427 DSC03429 DSC03430 DSC03431 DSC03433 DSC03434

 

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...