Thursday, December 31, 2015

नव बर्षको शुभकामना तिमीलाई

1618397_1099306260093556_2403934164378982804_n

यस सुन्दर धर्तिको मुल्यांकन नगर, जो अनमोल छ।
बिशाल आकाश छुने प्रयास नगर, त्यो कल्पनामा छ।
क्षितिजमा हराउँने बानी नगर, यथार्थमा बाँच्न सक।
जे छ तिमि भित्रै छ त्यसलाई चिन्न सक बुझ्न सक।
जे बन्न चाहान्छौ तिमी बन्न सक।
नव बर्षको शुभकामना तिमीलाई।

जीवन सृष्टिको एउटा सुनौलो उपहार रहेछ।
अनुभव लिन र त्यसलाई बाड्न धर्तीमा आएको रहेछ।
बैशाखीको भरमा हैन आफ्नै खुट्टामा उभिन रहेछ।
लिएर अन्त्य हुन हैन दिएर अनन्त हुन रहेछ।
सपना देख्न नडराउँनु तिमी पुरा हुनेछ।
जे गर्न चाहान्छौ तिमी गर्न सक्नेछ।
नव बर्षको शुभकामना तिमीलाई।

अरुलाई विश्वास गर्नु भन्दा पहिला आफैलाई गरेर हेर।
अरुलाई चिन्नु भन्दा पहिला आफैलाई चिनेर हेर।
कागसँग दगुर्नु भन्दा पहिला आफ्नो कान समातेर हेर।
दुनियाँ बदल्नु भन्दा पहिला आफू बदलिएर हेर।
जिन्दगीलाई धिकारेर हैन यसको मजा लिएर हेर।
अरुको लागि हैन आफ्नो लागि जिउँन सक।
जे बन्न चाहान्छौ तिमी बन्न सक।
नव बर्षको शुभकामना तिमीलाई।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...