अमेरिकामा भुमरी भन्दा पनि खतरा ३० बर्षे घर किस्ता बन्दि बन्न पुगेको छ l विश्व मै भै रहने आर्थिक मन्दीले संसार लाई ठुलो प्रभावित बनाएको छ l २००७ देखि २०१४ सम्म भएको आर्थिक मन्दीले अमेरिकालाई तहस नहस तथा थिलथिलो बनाएको छ l अमेरिकामा अहिले सम्म कै सबै भन्दा ठुलो आर्थिक मन्दी प्रथम बिश्व युद्ध पछि हुन् पुग्यो l झन्डै सबै उद्योग उत्पादन बन्द हुनुको साथै निर्माण पनि थप्प भएको थियो l
८९ प्रतिसत शेयर बजार पतन हुन पुग्यो l र १९३२ सम्ममा अमेरिकामा बेरोजगारी झन्डै २० प्रतिसत हुन् पुगेकोले लाखौ मानिस सुकुम्बासी हुन् बाध्य भएका थिए l अमेरिकाका अर्थशास्त्री डेविड सी व्हिलकको प्रतिबेदन अनुसार सन् १९३३ मा डरलाग्दो आर्थिक संकटमा हरेक दिन १ हजार घर बैंकले कब्जा गर्ने भनि सिफारिस गरिएको उक्त प्रतिबेदनमा उल्लेख गरेका छन् l
अमेरिकाको गत अप्रिलमा गरिएको एक पछिल्लो सर्वेक्षण अनुसार २००६ देखि २०१४ सम्म झन्डै ९० लाख भन्दा ज्यादा घरधनीले आफुले भोग चलन गरेको घर बेच्न बाध्य तथा बैंक लाई आत्म समर्पण गर्न मजबुरी भएको देखाएको छ l जस मध्ये २५ लाख घर बिक्रि वितरण बिक्रीको लागि बजारमा सार्बजनिक भै सकेको तथ्यांकले देखाएको छ l झन्डै ९ बर्षको अवधिमा अमेरिकाको तीस बर्षे घर किस्ता नतिर्दा नब्बे लाख घरधनि घरधनी बाट सुकुम्बासी झैँ हुन् बाध्य भएका छन् l
अमेरिकामा ३० बर्षे घर किस्ता तिर्न सकेन भने बैंकले किलकिले समातेर पनि त्यो साँवा र ब्याज निकाल्दछ l एक दशकको अवधिमा एक तिहाई भन्दा ज्यादा कम जस्ले घर गुमाउन बाध्य भएका थिए उनीहरुले पुन घर प्राप्त गर्न सक्ने सम्भावना अमेरिकाको राष्ट्रिय अचल सम्पत्ति अभिकर्ता संघको विश्लेषणले देखाएको छ l
अमेरिकामा भएको झन्डै एक दशकको भिषण आर्थिक मन्दीले ७० लाख भन्दा ज्यादा परिवार प्रतक्ष्य या परोक्ष रुपमा प्रभावित भएका छन् l राष्ट्रिय अचल सम्पत्ति अभिकर्ता संघले जानकारी गराए अनुसार ९ लाख ५० बिपतग्रस्त घरधनी पुन किस्ता बन्दिको योग्य हुन् सक्ने र घर किन्न सक्ने जनाएको छ l रिएलटि ट्राक को तथ्यांक अनुसार २००७ देखि २०१४ सम्म झन्डै ७३ लाख ग्राहकले घर गुमाएको देखाएको छ l जस मध्ये ५४ लाख सम्पत्ति कब्जामा गै सकेको छ भने १९ लाख घर लघु बिक्रि (सर्ट सेल )मा छ भने ख्याती प्राप्त हुने ग्राहकले हात पार्ने बताएको छ l
रिएलटि ट्राकको तथ्यांक अनुसार २००७ देखि २०११ सम्म ४० लाखले आफ्ना घर बिबिध कारण बेच्न या छोडन बाध्य भएको जनाएको छ भने अझ ८० लाख घरहरु बैंक द्वारा कब्जा हुने भनि भबिष्य बाणी गरेको थियो l
ज्याद्रो ३० बर्षे किस्ताबन्दिले मानिसलाई कसरि निन्द्रा हराम गराई दिएको हुन्छ ?
माथिका तथ्यांकले स्पष्ट के देखाएको छ भने अमेरिकामा जागिरको कहिले भर हुदैन l आर्थिक मन्दि हुने बित्तिकै यो ३० बर्षे घर किस्ता कपाल दुखाई हुन्छ l कालले छोडे पनि यो ३० बर्षे ऋणले कहिले नछोड्ने भएकोले मानिस कुन पूर्वजन्मको साहुको ऋण खाइएछ भनि ३० बर्षे किस्ताबन्दी यसरि घाडो हुन्छ l
३० बर्षे किस्ताले मिनाहा गर्न जान्दैन l किस्ता बुझाऊ या आत्मसमर्पण गर भन्ने हुनाले ९ बर्षमा अमेरिकामा करिब ९० लाख (९ मिलिएन )घर बैंकलाई आत्मसमर्पण गरेका छन् l
अमेरिकामा किन घरधनि आर्थिक रुपले टाट पल्टी आफ्नो भोगचलनका घर बाध्य भै बैंकले कब्जा गर्छ त ? यसका ५ कारणहरु छन l
बिमारी :अमेरिकामा काम गर्ने शैली फरक हुन्छ l काममा दाया बाया ,छल कपट गर्न असम्भव हुन्छ l अमेरिकामा काम गर्ने मानिस स्वस्थ हुनु पर्छ l स्वास्थ्यमा निकै संबेदन शिल हुनु पर्छ l कमाउने मानिस थला परे अमेरिकामा जहाज डुब्ने पक्का हुन्छ l हरदम बिमारी मात्र भए काम सक्दैनन् l काम गरेन भने पैसा कमाई दैन l किनभने अमेरिकाका मा लाखौ लाख मानिस संग बिमा गरेका हुदैनन जसको कारण झन् बिमारी साह्रो हुदै जान्छन l मानिस बिमारी छ भने चिकित्सक ,अस्पताल तथा अन्य उपचारको रकम बढ्दै जान्छ जसको कारण आफुले संचित गरेको सबै रकम सकिन्छ l अनि ३० बर्षे घर किस्ता तिर्न नसकी आत्मसमर्पण गर्दछन l
पार पाचुके : अमेरिकामा सम्बन्ध बिच्छेद ज्यादा हुन्छ l १० जना जोडी मध्ये ६ जनाले सम्बन्ध बिच्छेद गर्दछन l अमेरिकामा सम्बन्ध बिच्छेद पुरुषले भन्दा महिलाले ज्यादा अदालतमा दर्ता गराउदछन l यो यति आर्थिक क्षति हुन्छ जसको कारण बर्षौ देखि जन्मौ जन्मको साथ दिने बाचा गरेकाहरु माथि ठुलो घत र प्रतिघात हुने गर्छ l
अनि धनको नास हुन्छ l सम्बन्ध बिच्छेदको कारण मानिसमा शारीरिक ,भावनात्मक तथा आर्थिक तनाव उब्जन्छ l सम्बन्ध बिच्छेदमा जोडीले एक अर्कामा पैसाको कारोबार खुलेर नराख्ने हुनाले ठुलो झगडाको कलह हुन्छ l धेरै सम्झौता गर्नु पर्ने हुन्छ l
टाट पल्टिने हुनाले त्यसको असर दुबैमा पर्ने हुनाले घर को किस्ता तिर्न नसकी घर लिलाम यसरी हुन्छ l दुबैले मिलाएर तिर्ने रकम झगडा भए पछि किस्ता बन्दि रोकिन्छ अनि घरधनी सुकुम्बासी l
द्रब्य व्यवस्थापन : पैसालाई राम्रो व्यवस्थापन गर्न नसकेको कारण घर जान्छ l कम्जोर अर्थ व्यवस्थापन र ठोस निर्णय गर्न असमर्थ हुदा ऋण बढ्दै जाने गर्दा घरको ३० बर्षे ऋण तिर्न नसक्ने हुदा बाध्य भै घर लैजाऊ भनि आत्म समर्पण बाहेक अन्य कुनै बिकल्प हुदैन l यसरि अमेरिकामा ३ दशके घर बैंकले कब्जा गर्दछ l
मृत्यु : पतिपत्नी मा एक जना को मृत्यु मृतु भएमा पनि लाखौ पर्ने घर बैंक लाई बुझाउनु पर्ने बाध्य भएको तथ्यांकले देखाएको छ l कमाएर खुवाउने मानिस जीवित नहुदा ज्यादा भावनात्मक रुपमा क्षत विक्षत हुने भएकोले त्यसको असरको कारण आर्थिक चुनौती धेरै हुने हुनाले घर किस्ता तिर्न नसक्ने हुनाले घर छोड्नु पर्ने हुन्छ l
कानुनी मुद्धा: अमेरिकामा जे कुरामा पनि मुद्दा हाल्ने प्रचलन छ l मुद्धा दायर गर्दा खुसि हुने अमेरिकी समाज पनि एक तिर छ l मुद्धामा फस्यो भने आफुले जीवन भर कमाएको रकम तिर्दा तिर्दा संचित रकम रितिन्छ l र बाध्य भै मुद्रा तिर्ने पर्छ l र यो रकम यति ठुलो हुन्छ कि आफुले जोरजाम गरेको सबै रकम कानुनी झन्झटमा लगानी हुन्छ l लामो समय सम्म कानुनी लडाई भएमा आर्थिक रुपले थाम्न सक्दैन अनि ३० बर्षे घरको किस्ता बन्दि तिर्न नसकी छोड्नु पर्ने बाध्यता यसरी अमेरिकामा हुन्छ l
No comments:
Post a Comment