काठमाडौँ, १६ मङ्सिर । उन्नाइस वर्षमुनिका (यु–१९) विश्व कपका लागि युवा राष्ट्रिय टोलीका लागि पहिलो चरणमा २२ खेलाडी छनोट भएका छन् । भर्खरै सम्पन्न यु–१९ सुपर लिग क्रिकेट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका आधारमा आज नेपाल क्रिकेट सङ्घ (क्यान)ले खेलाडी छनोट गरेको हो । छनोट भएकामा राजु रिजाल, आरिफ शेख, राजवीर सिंह, दीपेन्द्र ऐरी, सौरभ खनाल, सुशील कँडेल, प्रेम तामाङ, सुनिल धमला, सन्दीप सुनार, दीपेश श्रेष्ठ र ललितनारायण राजवंशी छन् । त्यस्तै शङ्कर राना, कुशल भुर्तेल, हिमांशु दत्त, योगेन्द्र कार्की, सन्दीप लामिछाने, इर्साद अहमद, नन्दन यादव, इशान्त पाण्डे, अभिनाश बोहरा, सागर भण्डारी तथा अविनाश कर्ण छनोट हुन सफल भए । आगामी जनवरी–फेब्रुअरीमा बङ्गलादेशमा हुने विश्वकपका लागि टोली तयार पार्ने उद्देश्यले खेलाडीलाई रातो, नीलो र हरियो गरी तीन टोली बनाएर लिग प्रतियोगिता सञ्चालन गरिएको थियो । यही मङ्सिर ११ गते सुरु भएको उक्त प्रतियोगिताको उपाधि रातो टोलीले जितेको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा आज भएको अन्तिम खेलमा रातोले हरियोलाई ३४ रनले पराजित गर्दै उपाधि पक्का गरेको हो । रासस
Wednesday, December 2, 2015
विश्वकप क्रिकेट खेल्ने प्रारम्भिक नेपाली युवा टोली घोषणा, २२ खेलाडी छानिए
Subscribe to:
Post Comments (Atom)
Featured Post
नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए
काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...
No comments:
Post a Comment