Saturday, December 26, 2015

गैँडाले हानेर एकको मृत्यु

rhinoरत्ननगर (चितवन), १२ पुस । पश्चिम चितवनका एक वृद्धको गैँडाको आक्रमणबाट मृत्यु भएको छ ।

नारायणी नगरपालिका– ३ स्थित बुद्धनगरका स्थानीयवासी ६२ वर्षीय बुद्धिप्रसाद अर्यालको गैँडाको आक्रमणबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, चितवनले जानकारी दिएको छ ।

रतनी हरियाली सामुदायिक वनमा शनिबार भएको सरसफाइ कार्यक्रममा सहभागी हुन जाने क्रममा उहाँलाई गैँडाले आक्रमण गरेको थियो ।

आक्रमणबाट गम्भीर घाइते भएका उनको भरतपुर अस्पतालमा उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ । उनको शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ ।

पछिल्लो समयमा सामुदायिक वनमा वन्यजन्तुको वासस्थान बढेकाले बाघ, गैँडा, बँदेललगायतका वन्यजन्तु प्रशस्तै पाइने गरेको र बेलाबखत मानिसलाई आक्रमण गर्ने गरेको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...