Monday, December 28, 2015

यस्तो रह्यो प्रवासी नेपाली मञ्च अमेरिकाको सधारण सभा

Onf-America-1-768x432

सिकागो, अमेरिका । प्रबासी नेपाली मञ्च, अमेरिकाको दोश्रो बार्षिक साधारण सभा इलिनोइ राज्यको सिकागो शहरस्थित होटल हिल्टन ओरिङटनमा यही डिसेम्बर २६ का दिन भब्य रुपमा सम्पन्न भयो । उद्घाटन र बन्द शत्र गरी दुई सत्रमा सम्पन्न सो सभाको उद्घाटन सत्रको मञ्चका अमेरिका अध्यक्ष संजय थापाले सभापतित्व र महासचिब प्रभु थापाले सञ्चाल गर्नु भएको थियो भने प्रधानमन्त्री केपी सर्मा ओलीले काठमाण्डौबाटै बिद्युतीय माध्यमद्वारा कार्यक्रमको उद्घाटन गर्नुभइ प्रत्यक्ष श्रब्यदृश्यको माध्यमबाट सभालाई सम्बोधन समेत गर्नु भएको थियो । साधारण सभा आयोजनाका संयोजक टेकराज पौडेलका अनुसार संयुक्त राज्य अमेरिकाका इलिनोइ, न्यूयोर्क, टेक्सास, केन्टकी, आईवोवा, मेरिल्याण्ड, पेन्सलभेनिया, वीस्कनसीन, बासिङगटन डिसी, नर्थ क्यारोलिना, कनेक्टिकट, न्यू हेम्पसायर र जर्जिया गरि १३ राज्यका करीब ८० भन्दा बढी प्रतिनिधी उक्त सभामा सहभागी भएका थिए । सभामा यूनानी मेडिसीन सिकागो, नेपाल जनसम्पर्क समिती, थारू एण्ड फ्रेण्डस, सिकागोल्याण्ड नेपाली मितेरी समाज, आदिबासी जनजाती महासंघ अमेरिका, बाल्टिमोर नेपाली संघ, गैर आबासिय नेपाली संघ, मध्यपश्चिम-अमेरिका नेपाली संघ, अनेरास्वबियू आदि संघ संस्थाका प्रतिनिधीहरूबाट करीब तीनलाखको हाराहारीमा अमेरिकामा रहेका समस्त प्रबासी नेपालीहरूका साझा सरोकारका बिषयमा ध्यान दिनका लागि प्रबासी नेपाली संघ अमेरिका सक्षम संस्था बनोस भन्ने शुभेक्षाका साथ कार्यक्रमको सफलताको शुभकामना ब्यक्त गरिएको थियो । सभाका सहभागीहरूलाई नेपाली किशोरीहरू ललिता पौडेल र बिष्णु दर्लामीले मनमोहक नेपाली सास्कृतिक नृत्य द्वारा स्वागत समेत गरेका थिए । करीब ६ घण्टा चलेको बन्द शत्रका दौरान संघका बिभिन्न राज्य कमिटीका प्रमूख वा प्रतिनिधिहरूद्वारा कार्य प्रगतिको प्रतिबेदन प्रस्तुत गरिएका थिए ।

Onf-America-2-768x432

त्यस्तै केन्द्रिय स्तरका सहकारी समितीका संयोजन मंगल श्रेष्ठले प्रवासी नेपालीहरूलाई लगानी र ब्यबसायको क्षेत्रमा सहयोग पुर्याउने हेतुले नेपाली अोभरसिज इन्भेष्टमेन्ट फोरम नामक सहकारी संस्था दर्ता प्रकृयाको अन्तिम चरणमा रहेको अवगत गराउनु भएको थियो भने  महिला समिती संयोजक कुन्ती थापा र सल्लाहकार समिती संयोजक भीम कार्कीले पनि आ-आफ्ना प्रगति प्रतिबेदन प्रस्तुत गर्नु भएकोथियो । कोषाध्यक्ष शंकर पन्तद्वारा आर्थिक प्रतिबेदनमार्फत गत दुईबर्षमा सिन्धुपाल्चोमा गएको पहिरो र गत सालको आम बिनासकारी भुकम्पकोकारण परिआएको बिपतीलाई सघाउन प्रभासी नेपाली संघ अमेरिकाका केन्द्रिय तथा राज्यस्तरका संगठित सदस्यहरूको तर्फबाट करीब ३५ हजार अमेरिकी डलर बराबरको सहयोग उपलब्ध गराईएको कुरा जानकारी गराईएको थियो । त्यसैगरी महासचिब प्रभु थापाको प्रतिबेदनमा संघको बर्तमान समितीको ४ बर्षे  कार्यकालमा १५ राज्यहरूमा राज्य समिती बिस्तार गर्ने लक्ष रहेकोमा सो लक्ष सजिलै पुरा हुने जानकारी गराईएको थियो । अध्यक्ष संजय थापाले संघका गतिबिधीको मिहिन समिक्षा गर्दै भबिष्यका लागि संघका योजना र तीनको कार्यान्वयनको लागि प्रभाबकारी संगठन संरचनाको बिष्तृत खाका प्रस्तुत गर्नु भएको थियो । साधारण सभाको बन्द शत्रले प्रस्तुत गरिएका प्रतिबेदनहरूलाई सुझाब सहित पारित गर्दै संघको आगामी अधिबेशन मेरिल्याण्ड राज्यको बाल्टिमोर शहरमा आयोजना गर्ने निर्णय गरेको थियो । यसका साथै नेपालमा हालैमात्र निर्वाचित हुनु भएका राष्ट्रपति बिद्यादेवी भण्डारी, प्रधानमन्त्री सर्मा ओली र सभामुख ओनसरी घर्तीलाई हार्दिक बधाई दिदै सफल कार्यकालको शुभकामना समेत ब्यक्त गरिएको थियो । त्यस्तै बिबाहपञ्चमीको दिन जानकी मन्दिर जनकपूरमा नियमित पूजा-अर्चना गर्न जानुभएकी राष्ट्रपतिमाथि आफूलाई मधेशी मोर्चाका कार्यकर्ता भनाउने केही उदण्ड समूहले गरेको अपमान समस्त महिला र मानव सभ्यता माथिकै अपमान भएको हुदा सो दुष्कर्मको भर्त्सना गर्दै दोषी उपर कडा कानुनी कारबाही होस भन्ने कुराको समेत सभा मार्फत जोडदार माग गरिएको थियो । –

सिकागोबाट सोम खनालको सहयोगमा ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...