Thursday, December 31, 2015

संविधान कार्यान्वयन गर्नुको विकल्प छैन: नेता महत

Prakash-Saran-mahat(बेनी) म्याग्दी, १६ पुस । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा प्रकाशशरण महतले संविधानसभामार्फत जारी भएको संविधानको कार्यान्वयन गर्नुको विकल्प नरहेको बताउनुभएको छ ।

विपी चिन्तन प्रतिष्ठान म्याग्दीले आज पात्लेखेतमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उहाँले दुईतिहाइबाट जारी भएको संविधानमा केही राजनीतिक दलहरुको विमति भएपनि त्यसलाई कार्यान्वयन गरेर अघि बढ्नुपर्ने धारणा राख्नु भयो ।

नेता महतले बिपीको मेलमिलापको नीति अहिले पनि सान्दर्भिक रहेको उल्लेख गर्दै बहुदलीय प्रतिस्पर्धालाई स्वीकार गरिएको संविधानमा अपुग रहेका कुरा संशोधनमार्फत सम्बोधन गर्न सकिने उल्लेख गर्नुभयो. ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...