Tuesday, December 1, 2015

एचआइभी सङ्क्रमित बालबालिकालाई न्यानो कपडा प्रदान

how-to-layer-to-stay-warm-in-winter-boomerinas.com-पथरी (मोरङ), १६ मङ्सिर । विश्व एड्स दिवसका अवसरमा एचआइभी सङ्क्रमित बालबालिकालाई मङ्गलबार बेलुका विराटनगरमा न्यानो कपडा प्रदान गरिएको छ ।

जिल्ला एड्स समन्वय समितिको सहकार्यमा स्पर्श नेपाल नामको संस्थाले एक समारोहको आयोजना गरी आमाबाबु अथवा अन्य कारणले एचआइभी सङ्क्रमित हुन पुगेका विपन्न परिवारका एचआइभी सङ्क्रमित २० बालबालिकालाई न्यानो कपडा प्रदान गरेको हो । स्पर्श नेपालले समाजसेवी मोहन मन्जरीको सहयोगमा उनीहरुलाई पोसाक प्रदान गरेको जिल्ला एड्स समन्वय समिति मोरङका संयोजक झमक भट्टराईले जानकारी दिनुभयो ।

सो अवसरमा लागुऔषध प्रयोगकर्ता तथा अन्य लत छुटाउन सुधार गृहमा बसेका १० जनाको स्वास्थ्य परीक्षणसमेत गरिएको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...