Wednesday, December 2, 2015

सीमामा भएको आपूर्ति अवरोधबारे थापा–स्वराजबीच छलफल

thapa_sworajकाठमाडौँ, १६ मङ्सिर । निजी भ्रमणको सिलसिलामा भारतमा रहनुभएका उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री कमल थापा र भारतीय विदेशमन्त्री सुष्मा स्वराजबीच आज नयाँदिल्लीस्थित जवाहर भवनमा भेटवार्ता भएको छ ।

सो अवसरमा उहाँहरुबीच नेपाल भारत सीमा नाकामा नेपालमा आवश्यक उपभोग्यवस्तुको आपूर्तिमा भइरहेको अवरोधबारे छलफल भयो । आपूर्तिमा भइरहेको निरन्तर अवरोध दुवै देशको हितमा नभएकामा दुवै पक्ष सहमत हुँदै सो समस्या छिटो समाधान गर्न दुवै नेताहरुले छलफल गर्नुभएको नयाँदिल्लीस्थित नेपाली दूतावासले आज साँझ प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

सो अवसरमा उपप्रधानमन्त्रीका साथ भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्याय र अन्य उच्च अधिकृतको पनि सहभागिता थियो । थापा गत सोमबार नयाँ दिल्ली पुग्नुभएको थियो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...