Friday, December 4, 2015

नियम उल्लङ्घन गर्ने १२५ सवारी कारबाहीमा

रत्ननगर (चितवन), १९ मङ्सिर । चितवनमा जिल्ला ट्राफिक प्रहरी कार्यालयको सवारी जाँचका क्रममा १२५ सवारी कारबाहीमा परेको छ ।

शुक्रबारदेखि आज बिहानसम्म गरेको जाँचका क्रममा ती सवारी कारबाहीमा परेको प्रहरीले जनाएको छ । उनीहरुबाट रु ७२ हजार राजस्व सङ्कलन भएको छ । यसमा १३ जना मापसे गरेर गाडी चलाउनेसमेत रहेको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनले छुट्टै स्थानमा गरेको छड्के जाँचका क्रममा गएराति मापसे गरेर मोटसाइकल चलाउने १९ जनालाई पक्राउ गरेको जनाएको छ ।

कार्यालयले दिएको जानकारीअनुसार उनीहरुलाई अहिले मोटरसाइकलसहित जिल्ला प्रहरी कार्यालय चितवनमा राखिएको र आवश्यक कारबाहीपछि मात्रै छाडिने छ ।

पछिल्लो समयमा जिल्ला प्रहरी र ट्राफिक प्रहरीले जिल्लामा सवारी नियम उल्लङ्घन गर्नेविरुद्ध जाँचमा कडाइ गरेको जनाएको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...