Friday, December 25, 2015

जेहेन्दार र विपन्न विद्यार्थीका लागि अक्षयकोषको स्थापना

पाँचथर, ११ पुस । पाँचथरको यासोकमा रहेको पृथ्वी उच्च माविमा लामो समयको शिक्षणपछि अवकाश प्राप्त प्रधानाध्यापक चन्द्रप्रसाद निरौलाले सो विद्यालयमा रु एक लाख बराबरको अक्षयकोष स्थापना गर्नुभएको छ ।

उहाँले जेहेन्दार र विपन्न वर्गका विद्यार्थीलाई कोषको ब्याजबाट छात्रवृत्ति प्रदान गर्न अक्षयकोष स्थापना गरेको र अक्षयकोष क्रमिकरुपमा बढाउँदै लानेसमेत बताउनुभयो ।

अवकाश प्राप्त प्रअ निरौलाले यसअघि पनि सो विद्यालयलाई आर्थिक र भौतिक सहयोग गर्दै आउनुभएको निमित्त प्रअ प्रकाशमणि विसीले जानकारी दिनुभयो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...