Saturday, December 26, 2015

चिसोले कठ्याङ्ग्रिएर मृत्यु

गोरखा, ११ पुस । चिसोले कठ्याङ्ग्रिएर आरुआर्वाङ गाविस – १ बराम गाउँका एक वृद्धको मृत्यु भएको छ ।

भूकम्पपछि अस्थायी टहरोमा बस्दै आएका ६५ वर्षीय लालबहादुर बरामको आज बिहान मृत्यु भएको हो । स्थानीय शिक्षक टेकराज भट्टका अनुसार टहरोमा एक्लै बस्दैआएका बराम बिहान मृतावस्थामा भेटिएका हुन् ।

चिसो बढेपछि उत्तरी गोरखाका भूकम्पपीडित समस्यामा छन् । निरन्तर तुषारो परेपछि बारपाक, लाप्राक, सौरपानी, स्वाँरा, घ्याल्चोक, गुम्दा, लापु, उहिया, कासीगाउँ, केरौंजा र सिर्दिवासलगायत क्षेत्रका भूकम्पपीडित बिरामी परेका छन् ।

चिसोले गर्दा निमोनिया, रुघाखोकी जस्ता बिरामी बढे पनि भूकम्प प्रभावित क्षेत्रका स्वास्थ्य संस्थामा औषधिको अभाव छ । राहतमा आएको औषधिले अहिलेसम्म धाने पनि अस्पताल र स्वास्थ्य संस्थामा औषधिको अभाव चुलिँदै गएको छ ।

ंजिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख महेन्द्रध्वज अधिकारीका अनुसार ज्वरो निको पार्ने एन्टिबायोटिक तथा पेट दुखेको निको पार्ने औषधि डाइजिनको समेत अभाव भएको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...