Monday, December 28, 2015

रूखले च्यापिएर २३ वर्षीय युवकको मृत्यु

दमौली, १३ पुस । तनहुँको व्यास नगरपालिका–४ फराकचौरमा सोमबार बर्राको रूखले च्यापिएर एक युवकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मकवानपुर तान्द्राङ–८ घर भई हाल व्यास–२ रोशनी फर्निचरमा काम गर्ने २३ वर्षीय राजु चेपाङ रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

बर्राको रूख काट्ने क्रममा सोही रूखले च्यापिएर गम्भीर घाइते भएका लामाको दमौली अस्पतालमा उपचार हुँदाहुँदै मृत्यु भएको हो ।

मृतकको शव परीक्षणका लागि सोही अस्पतालमा राखिएको छ । एक महिनाअघि पनि सोही ठाउँमा घाँस काट्ने क्रममा रूखबाट लडेर एक युवकको मृत्यु भएको थियो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...