Monday, December 28, 2015

खानेपानी आयोजना समयमा पूरा गर्न मन्त्री सिंहको निर्देशन

Prem-Bahadur-singhकाठमाडौँ, १३ पुस । खानेपानी तथा सरसरफाइ मन्त्री प्रेमबहादुर सिंहले निर्माणाधिन मेलम्चीलगायतका खानेपानी आयोजना समयमा पूरा गर्न राष्ट्रसेवक कर्मचारीलाई निर्देशन दिनुभएको छ ।

सिंहदरबारस्थित कार्यालयमा मन्त्री सिंहले आज पद बहाली गरेपछि लामो समयदेखि पूरा हुन नसकेका परियोजना समयमै सम्पन्न गरी जनतालाई सेवा प्रदान गर्ने कार्यलाई प्राथमिकतामा राख्न जोड दिनुभयो ।

उहाँले कर्मचारीको प्रशासनिक कुशलताले मन्त्रालयका आयोजना तथा गतिविधिमा सफलता कायम गर्न सकिने विश्वास व्यक्त गर्दै त्यसमा आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

मन्त्रालयका सचिव सुरेशप्रकाश आचार्यले नवगठित मन्त्रालयका योजना तथा कार्यक्रमको जानकारी दिँदै देशभर रहेका जनतालाई खानेपानीको व्यवस्थापन तथा सरसफाइको प्रबन्ध गर्ने कार्य महत्वपूर्ण हुने बताउनुभयो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...