Monday, December 28, 2015

वाशिंगटन डिसीको “तमु लोह्सार” मा ५०० नेपाली

DSC03265
राजधानी वाशिंगटन डिसी नजिकै भर्जिनियाको हर्नडन सिटीमा आयोजित “तमु लोह्सार” करिब ५०० – ६०० नेपालीहरुको सहभागितामा भब्यताकासाथ सम्पन्न भयो l
photo 4
 
ग्रेटर वाशिंगटन तमु समाजको आयोजनामा हिजो आईतबार भएको उक्त भब्य “लोह्सार” मा भर्जिनिया, वाशिंगटन डिसी, म्यारिल्याण्ड, पेन्सिल्भानिया, न्युजर्सी, न्युयोर्क, बोस्टन देखी  गुरुङ समुदायका पुरुष तथा महिलाहरु आफ्नो जातीय भेष,भुषामा ऊपस्थित भएका थिए l 
DSC03249
 
प्रमुख अतिथी अमेरिकाका लागी महामहिम नेपाली राजदुत डा० अर्जुन कुमार कार्कीले ऊद्घाटन भाषणमा: बिदेशमा पनी नेपालको संस्कृती संरक्षणमा यसरी लागिपरेको देख्दा खुशी लाग्यो भन्दै तमु समाजका कार्यकर्ताहरुलाई दुतावास र नेपाल सरकारको तर्फबाट धन्यबाद दिनुभयो l 
DSC03207
 
समारोहका बिशेष अतिथी आदिबासी जनजाति महासंघ, अमेरिका (फ़िप्ना) का 
अध्यक्ष लुईसांग वाईबाले नेपालको नयाँ संबिधानमा आदिबासी जनजातीलाई गरिएको भेदभाव बारे घुमाई फिराई बोलेका थिए l लोह्सार संयोजक टेक गुरुङले बडो आकर्षक पाराले स्वागत गरेका थिए भने तमु समाजका अध्यक्ष नन्द गुरुङले ऊपस्थित सबैलाईधन्यबाद दिएका थिए l 
DSC03184
 
कार्यक्रममा सहभागी हुन बाल्टिमोर देखी बस नै रिजर्ब गरेर एक बस आएका थिए भने  तमु समाजका निबर्तमान अध्यक्ष कुल प्रसाद गुरुङले चाहिं अलग्गै गाडीमा एक हुल गुरुङ युवाहरु लिएर आएको हेर्दा आकर्षक देखिन्थ्यो l  
DSC03157
 
स्वागत समारोहमा ऊपस्थित मध्ये गुरुङ समुदायका ऊमेरले बरिस्ठ ६५ बर्षिया लक्ष्मी गुरुङले दिप प्रज्वोलन गरेर शुरु गरिएको उक्त स्वागत समारोह समापनपछी मध्ये रात सम्म रमाईलो सांस्कृतिक कार्यक्रम चलेको थियो l
DSC03145

 

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...