Tuesday, December 1, 2015

बारपाकको विद्यालयमा पुस्तकालय बनाउन रु आठ लाख सहयोग

गोरखा, १६ मङ्सिर । ग्रेटर बासिङटन तमु समाजले गत वैशाखको भूकम्पको केन्द्रबिन्दु गोरखाको बारपाक गाउँमा रहेको हिमालय उच्च माध्यमिक विद्यालयमा पुस्तकालय निर्माण गर्न रु आठ लाख सहयोग गरेको छ ।

समाजका प्रतिनिधि रामचन्द्र गुरुङले मङ्गलबार विद्यालय परिसरमा आयोजित कार्यक्रममा प्रधानाध्यापक विष्णुदेवप्रसाद साहलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गर्नुभएको हो । समाजका क्रियाशील सदस्य एवम् आबद्ध नेपालीले भूकम्पले क्षति पुगेको विद्यालयमा पुस्तकालय निर्माण गर्न रकम सङ्कलन गरी पठाएका हुन् ।

साथै समाजले विद्यालयमा आवश्यक पर्ने पुस्तकहरु पनि सहयोग गर्ने तयारी गरेको छ । गत वैशाख १२ मा गएको भूकम्पले भवन भत्केपछि अस्थायी टहरोमा विद्यार्थी पढ्दै आएका छन् । भूकम्पले भत्किएको विद्यालयको भवन भने एनआरएनबाट प्राप्त रु १८ लाख खर्चेर निर्माण गरिएको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...