Sunday, January 31, 2016

करिब दश हजार आप्रवासी बालबालिका बेपत्ता: युरोपोल

द हेग (नेदरल्यान्ड), १८ माघ । युरोपमा विभिन्न मुलुकबाट युरोप आइपुगेका र आफ्ना अभिभावकको सहारा नपाएका करिब १० हजार बालबालिका बेपत्ता भएको युरोपेली युनियन प्रहरी संस्था युरोपोलले आइतबार जनाएको छ ।

युरोपालले बेपत्ता मानिँदै आएका कैयौँ बालबालिकालाई यौनजन्य गतविधिमा प्रयोग गरिँदै आएको हुनसक्ने बताएको छ ।

युरोपोलको सञ्चार कार्यालयले यो तथ्याङ्कबारे अन्तर्राष्ट्रिय समाचार संस्था (एएफपी) लाई पुष्टि गर्दै जानकारी गराएको र यो बेलायती पत्रिका ‘द अब्जरर्भर’ मा प्रकाशित भएको बताइएको छ ।

युरोपोलका कर्मचारी प्रमुख ब्रेन डोनाल्डले युरोपमा आइसकेका र शरणार्थीको दर्ता प्रक्रियामा परे पनि यसपछि उनीहरुको स्थिति अज्ञात रहेको बताउनुभयो ।

हामीले १० हजारभन्दा बढी हराएका बालबालिकाको खोजी गर्नु अन्यथा हुने छैन भन्दै डोनाल्डले भन्नुभयो, यसरी युरोप प्रवेशपछि हराएका बालबालिकामध्ये पाँच हजार इटालीबाटै बेपत्ता भएका छन् ।

हराएका सबै बालबालिकालाई यौनजन्य अपराधमा प्रयोग गरिएको भन्ने नभए पनि उनीहरुको अवस्था हामीहरुलाई थाहा छैन, डोनाल्डले थप्नुभयो ।

केही बालकालिका युरोप छिर्ने क्रममा आफ्ना अभिभावकबाट छुट्टिए पनि पुनः अभिभावकको सम्पर्कमा आएको हुनसक्ने युरोपोलको भनाई छ । तर यस सम्बन्धमा आधिकारिक तथ्याङ्क केही नभएको डोनाल्डले बताउनुभयो ।

जिल्लास्तरीय नेता नै पराजित

तनहुँ, १८ माघ । नेपाली काँग्रेसको जिल्ला राजनीतिमा राम्रै प्रभाव जमाउन सफल केही नेता क्षेत्रीय प्रतिनिधिमै पराजित भएका छन् ।

जिल्ला अधिवेशनमा महत्वपूर्ण भूमिकामा आउन सक्ने नेतालाई गाउँका क्रियाशील सदस्यले गाउँमै हराइदिएका हुन् । पूर्वसभासद् उर्मिला थापालाई घाँसीकुवा गाविसबाट क्षेत्रीय प्रतिनिधिमै पराजित गराइदिएका छन् ।

त्यस्तै जिल्ला प्रवक्ता हरि वाग्ले शुक्लागण्डकी नगरपालिका–२ बाट पराजित भएका छन् । उनले दुई मत मात्र ल्याएका छन् । रेडक्रस तनहुँका पूर्वसभापति परशुराम गिरी राम्जाकोटबाट क्षेत्रीय प्रतिनिधिमा पराजित भएका छन् ।

त्यस्तै जिल्ला पूर्व सदस्य परमेश्वर भट्टराई पनि केशवटारबाट पराजित भएका छन् । पराजितमध्ये थापा, गिरी र भट्टराई पूर्व सहमहामन्त्री गोविन्दराज जोशी निकट मानिन्छन् ।

क्षेत्रीय अधिवशेनमै पराजित भएपछि ती नेताहरुले जिल्ला कार्यसमिति, महाधिवेशन
प्रतिनिधि र महासमिति सदस्य पदमा निर्वाचन लड्न नपाउने भएका छन् । काँग्रेसको क्षेत्रीय अधिवेशन माघ २२ गते र जिल्ला अधिवेशन माघ २५ गते तोकिएको छ ।

काँग्रेसको नगर समितितर्फ व्यास नगरमा शान्तिरमण वाग्ले सर्वसम्मत भएका छन्
भने शुक्लागण्डकीमा माधव भट्टराई, भानुमा श्रीभक्त आचार्य, बन्दीपुरमा कर्णबहादुर खड्का र आबुँखैरेनी नगरपालिकामा गिरबहादुर थापा निर्वाचित हुनुभएको छ ।

सबै गाविसमा अधिवेशन सम्पन्न भए पनि निर्वाचन परिणाम जिल्ला कार्यालयमा प्राप्त भई नसकेको निर्वाचन समितिका सदस्य केशव भट्टराईले जानकारी दिनुभयो ।

स्वास्थ्य चौकीमा गर्भपतन गराउनेको सङ्ख्यामा वृद्धि

abortionकञ्चनपुर, १८ माघ । कञ्चनपुरको बेदकोटनगरपालिकास्थित दैजीमा स्वास्थ्य चौकीमा अनिच्छित गर्भपतन गराउने महिलाको सङ्ख्यामा वृद्धि हुँदै गएको छ ।

स्वास्थ्य चौकीमा मासिक रूपमा पाँचदेखि आठजनासम्म महिलाले गर्भपतन गराउँदै आएका छन् । गर्भपतन सेवा लिनेमा अधिकांश १८ देखि ३५ वर्षसम्मका विवाहित र अविवाहित महिला रहेको स्वास्थ्य चौकीका प्रमुख सिद्धराज भट्टले बताउनुभयो । गर्भपतन सेवा दिनका लागि स्वास्थ्य चौकीमा दक्ष स्वास्थ्यकर्मीको व्यवस्थापछि अनिच्छित रूपमा गर्भ रहेका महिला पुग्ने गरेको उहाँले उल्लेख गर्नु भयो ।

गर्भपतन सेवा सुरु भएको दुई वर्षको अवधिमै सय बढी महिलालाई सो सेवा उपलब्ध गराएका छौँ उहाँले भन्नुभयो – “गर्भपतन सेवा सुरु भएपछि मातृमृत्यु दर र महिलामा देखिने बाँझोपनको समस्यामा कमी आएको छ ।”

गर्भवती महिलाको मञ्जुरीमा नौ हप्तासम्मको गर्भपतन गराउन सक्ने व्यवस्था गरिएको छ । असुरक्षित तरिकाले महिलाले समाजमा बेइज्जत हुने डरले भारतीय निजी क्लिनिकमा गर्भपतन गराउँदा ज्यान नै जाने समस्या रहेको थियो स्वास्थ्य चौकीका प्रमुख भट्टले भन्नुभयो – “असुरक्षित तरिकाले गर्भपतन गराउँदा बढी रक्तस्राव हुने, ज्वरो आउने बेहोस हुने, पाठेघरमा सङ्क्रमण हुने र महिलाको ज्यानै जाने समस्या स्वास्थ्य चौकीमै सुरक्षित गर्भपतन सेवाले हटाएको छ ।”

कञ्चनपुरका अधिकांश स्वास्थ्य चौकीमा सुरक्षित गर्भपतन सेवा उपलब्ध गराइएको छ । जनस्वास्थ्य कार्यालय कञ्चनपुरका अनुसार सुरक्षित गर्भपतन सेवा प्रक्रिया २०६० अनुसार १२ हप्तासम्मको गर्भवती महिलाको मञ्जुरीमा पतन गर्न कानुनले मञ्जुरी दिएको छ । जबर्जस्ती करणी, हाडनाता भएको अवस्थामा १८ हप्तासम्मको गर्भपतन गराउन सकिने हुन्छ ।

लिङ्ग गहिचान गरेर, गर्भवती महिलाको सहमतिबिना र १२ हप्तामाथिको गर्भपतन गराउन कानुनले बन्देज लगाएको छ । गर्भवती महिलाको ज्यानै जाने अवस्थामा विशेषज्ञ र अनुमति प्राप्त चिकित्सकले मात्रै १८ हप्तासम्मको गर्भपतन गराउने कानुनी व्यवस्था रहेको छ ।

काङ्ग्रेसमा नातिदेखि बाजे उमेरका सर्वसम्मत चयन

मुगु, १८ माघ । नेपाली काङ्ग्रेसको महाधिवेशनका लागि माघ १५ गतेबाट सुरु भएको गाउँ अधिवेशनबाट नातिदेखि बाजे उमेर समूहका गाउँ सभापतिहरु निर्वाचित भएका छन् ।

नेपाली काँगे्रस मुगु जिल्ला कार्यसमितिका सभापति ऐनबहादुर शाहीका अनुसार मुगु जिल्लामा रहेका २४ गाविसमध्ये गाउँ अधिवेशन सम्पन्न भएका आजसम्म प्राप्त नतिजाअनुसार कार्कीवाडा गाविसका सबैभन्दा कान्छा उमेरका २५ वर्षीय विष्नबहादुर भाम र श्रीनगर गाविसका ६५ वर्षीय नरबहादुर रावल बाजे उमेरका निर्विरोध सभापतिमा निर्वाचित भएका छन् भने जिल्लाभरिमा रोवा गाविसमा मात्र एक महिला सभापति ३९ वर्षीया नानी बुढा सर्वसम्मत चयन भएकी छन् ।

उमेर समूहका आधारमा हेर्दा २५–३० वर्षभित्रका तीनजना ३०–४० वर्षभित्रका चारजना, ४०–५० वर्षभित्रका नौजना, ५०–६० वर्षभित्रका पाँचजना र ६०–७० वर्षभित्रका तीनजना गाउँ सभापति निर्विरोध निर्वाचित भएका छन् भने ११ सदस्यीय गाउँ तथा वडा कार्यसमितिमा प्रायः २५ देखि ४५ वर्षभित्रका पदाधिकारीहरुको बाहुल्यता रहेको छ ।

यस आँकडालाई हेर्दा पनि गाउँ नेतृत्वमा सबै तह युवा, मध्य युवा र ज्येष्ठ नेतृत्वको प्रतिनिधित्व भएको छ । योभन्दा पनि अर्को रोचक कुरा सबै गाविसमा गाउँ, वडा कार्यसमिति र क्षेत्रीय प्रतिनिधिहरु सर्वसम्मत अर्थात् निर्विरोध निर्वाचित भएका छन् जबकि देशभरको गाउँस्तरको अधिवेशनमा अधिक ठाउँमा निर्वाचन, झडप, पक्ष विपक्ष बुथ कब्जा र यहाँसम्मकी नेतृत्व आफ्नो गुटमा पार्न खुकुरी हानाहानसम्म भएका घटना बाहिर आएका छन् । तर मुगुमा शान्तिपुर्ण निर्वाचन सम्पन्न भएको सभापति शाहीले बताउनुभयो ।

मुगु जिल्लामा निर्वाचनका लागि खटिएका अधिवक्ता एवम् नेपाली काँग्रेस मुगु जिल्ला मुख्य निर्वाचन अधिकृत दमनराज बम मुगुका चौबीसै गाउँ कार्यसमिति, २१६ वडा कार्यसमिति र क्षेत्रीय प्रतिनिधिहरु सर्वसम्मत चयन भएकामा आफू अचम्मित परेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ – “मुगु जिल्लाले त अन्य ७४ जिल्लालाई पाठ सिकायो । चुनाव नभएका कुनै जिल्ला छैनन् तर मुगुमा सबै नेतृत्व निर्विरोध चयन भए ।
पूर्व शिक्षा राज्यमन्त्री एवम् श्रीनगर गाविसबाट सर्वसम्मत क्षेत्रीय प्रतिनिधिमा निर्वाचित हस्तबहादुर मल्ल गाउँस्तरमा जस्तै जिल्ला नेतृत्वका लागि पनि सर्वसम्मत चयनको प्रयास हुने बताउनुहुन्छ ।

वडामा पराजित, नगर सभापतिमा विजयी

भीमदत्तनगर, १८ माघ । नेपाली काँग्रेसको आसन्न १३औँ महाधिवेशनअन्तर्गत आइतबार सम्पन्न कञ्चनपुरको बेदकोट नगरपालिकाको नगर सभापतिमा हरि बोहरा भारी मतले विजयी हुनुभएको छ ।

नगर सभापतिमा विजयी बोहराले २८८ मत र प्रतिद्वन्द्वी राजेन्द्र भट्टले ६७ मत पाउनुभएको छ । बेदकोट नगरको सचिवमा दीबहादुर कुँवर र कोषाध्यक्षमा सुवास मल्ल विजयी हुनुभएको छ ।

काँग्रेस कञ्चनपुरका उपसभापतिसमेत रहेका बोहरा गत शुक्रबार सोही नगरपालिकाको वडा निर्वाचनमा पराजित हुनुभएको थियो । वडा नं ७ को निर्वाचनमा पराजय बेहोरेपछि उहाँको जिल्ला सभापति पदका लागि प्रतिस्प्रर्धा गर्ने बाटो बन्द भएको थियो । काँग्रेस कञ्चनपुरको सभापति पदका दाबेदारका रुपमा हेरिएका बोहराले अब २२ गते हुने क्षेत्रीय निर्वाचनमा महाधिवेशन प्रतिनिधि जितेपछि जिल्ला सभापति भिड्न बाटो खुल्नेछ ।

त्यसैगरी झलारीपिपलाडी नगरपालिकाको नगर सभापतिमा ३४० मत ल्याएर जयबहादुर विष्ट विजयी हुनुभएको छ । उहाँका प्रतिद्वन्द्वी लोकराज उप्रेतीले २०२ मत प्राप्त गर्नुभयो । त्यसैगरी सचिवमा देवराज जोशी र कोषाध्यक्षमा जयलाल महता विजयी हुनुभएको छ ।

यहाँको दोधाराचाँदनी नगरपालिकाको नगर सभापतिमा १६२ मत ल्याई डम्बर चन्द विजयी हुनुभएको छ । उहाँले प्रतिद्वन्द्वी नाफुसिंह साउद र पुष्कर जोशीलाई पराजित गर्नुभयो । सो नगर समितिको सचिवमा राजेन्द्र मल्ल र कोषाध्यक्षमा कर्णबहादुर सिंह निर्वाचित हुनुभएको छ ।

त्यसैगरी कञ्चनपुरकै कृष्णपुर नगरपालिकामा भक्तबहादुर खत्रीले ११३ मत प्राप्त गरी सभापति पदमा निर्वाचित हुनुभएको छ । उहाँले प्रतिद्वन्द्वी बलराम पन्तलाई ८४ मतमा समिति पार्नुभयो । खत्री नेतृत्वको नगर समितिको सचिवमा सुरज महता र कोषाध्यक्षमा निर्मला भट्ट विजयी हुनुभएको छ ।

बेल्डाँडी नगरपालिकाको नगर सभापतिमा हर्कदेव जोशी विजयी हुनुभएको छ । एक सय ३९ मत प्राप्त गरी विजयी हुनुभएका जोशीले प्रतिद्वन्द्वी मदन खत्रीलाई ८५ मतमा सीमित राख्नु भयो । बेल्डाँडी नगर सचिवमा गजबहादुर विष्ट र कोषाध्यक्षमा सरस्वती शाही विजयी हुनुभएको छ ।

त्यस्तै पुनर्वास नगरपालिकाको नगर सभापतिमा एमप्रसाद पौडेल विजयी हुनुभएको छ । पौडेलको १६३ मत छ भने उहाँका प्रतिद्वन्द्वी हरि अधिकारीले ११२ मत प्राप्त गर्नुभएको थियो । सो समितिको सचिवमा लोगबहादुर कार्की र कोषाध्यक्षमा निर्मल खडायत विजयी हुनुभएको छ ।

त्यसैगरी बेलौरी नगरपालिकाको नगर सभापतिमा रामलाल राना विजयी हुनुभएको छ । उहाँले १२४ प्राप्त गर्नुभयो । त्यसैगरी समितिको सचिवमा मोहनदेव भट्ट र कोषाध्यक्षमा रघुवीरसिंह भण्डारी विजयी हुनुभएको छ । भीमदत्तनगरपालिकाको मतगणना आज हुँदैछ ।

सञ्चार उद्यमी ढुङ्गेल पक्राउ

charchit-dhungelसुरुङ्गा (झापा), १८ माघ । झापाबाट लाखौँ रुपैयाँ ठगी गरेर फरार भएका सञ्चार उद्यमी चर्चित ढुङ्गेल भनिने चन्द्रप्रसाद ढुङ्गेल सुनसरीको इटहरीबाट पक्राउ परेका छन् ।

दुवागढी–४ चारआलीमा शुभलारी मिडिया प्रालिद्वारा सञ्चालित ग्लोवल एफएम ९५.४ मेघाहर्जका सञ्चालक ढुङ्गेल गत जेठबाट फरार भएका थिए । उनले रोजगारी दिने बहानामा युवालाई जागिर दिने सम्झौता गरी रु २० हजारदेखि रु एक लाखसम्म सातजनाबाट ठगी गरेको भन्दै उनीविरुद्ध जिल्ला प्रशासन कार्यालय, झापा र इलाका प्रहरी कार्यालय दमकमा उजुरी परेको थियो ।

उजुरी परेलगत्तै प्रहरीले उनलाई इटहरीबाट पक्राउ गरेको इप्रका इटहरीका प्रहरी नायब उपरीक्षक ओम अधिकारीले जानकारी दिनुभयो । उहाँले झापाको दमक प्रहरीमा ठगी गरेको उजुरी परेको आधारमा ढुङ्गेललाई पक्राउ गरिएको बताउनुभयो । पक्राउ परेका ढुङ्गेललाई आइतबार साँझ दमक प्रहरीकै जिम्मा लगाइएको बताइएको छ ।

झापासहित मेची अञ्चलका २० जनाभन्दा बढीबाट लाखौँ रुपैयाँ ठगी गरेका उनले इटहरीमा पनि ठगी गरेको उनीमाथि आरोप छ ।
लाइभ रेडियो नेटवर्क प्रालिको नाममा ढुङ्गेलले एफएममा जागिर खान चाहनेसँग धरौटी उठाएर दमकमा पनि उनले ठगी गरेको उजुरी परेको बताइएको छ । ढुङ्गेलले पछिल्लो समय इटहरीको एक एफएममा वार्षिक रु पाँच लाख तिर्ने गरी लिखित सम्झौता गरेर तालिम सञ्चालन गर्न थालेका थिए ।

प्रहरी कार्यालय निर्माण

मेलम्ची, १८ माघ । इलाका प्रहरी कार्यालय मेलम्चीले आफ्नो आन्तरिक स्रोत र स्थानीयवासीको सहयोगमा शौचालयसहितको दुईकोठे भवन निर्माण गरेको छ ।

कार्यालयको प्रशासन शाखा र जिन्सी शाखाका लागि कोठा अपुग भएकाले रु तीन लाखको लागतमा उक्त भवन निर्माण गरिएको इप्रका, मेलम्चीका प्रहरी निरीक्षक निरज डाँगीले जानकारी दिनुभयो ।

आश्रम बनाउन बेलायतबाट सहयोग

दमक, १८ माघ । इलामको चुलाचुली–२ स्थित हात्तीलेदामा रहेको किरात धर्मका महागुरु फाल्गुनन्दका तेस्रो पुस्ताका गुरुको आश्रमसहितको मुन्धुमशाला निर्माणमा बेलायतबाट झन्डै रु १९ लाख सहयोग प्राप्त भएको छ ।

सो बजेटबाट आश्रमसहितको दुईतले पक्की भवन भएको मुन्धुमशाला भवन निर्माण गर्नका लागि किरात सत्यहाङमा महागुरु फाल्गुनन्द समाज युके शाखाबाट रु १८ लाख ९१ हजार १११ प्राप्त भएको माङ्हिमका व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र केरुङले बताउनुभयो । युकेबाट प्राप्त उक्त सहयोग एक कार्यक्रम गरी आश्रम निर्माण समितिलाई हस्तान्तरण गरिएको युके शाखाकी सल्लाहकार कल्पना योङ्हाङले बताउनुभयो ।

विसं २०६२ बाट निर्माण थालिएको सो निर्माणाधीन भवन पूरा गर्न विभिन्न दाता तथा सरकारी निकायबाट समेत सहयोग प्राप्त भएको जनाइएको छ ।

अध्यक्ष केरुङले किरात धर्मका महागुरु फाल्गुनन्दको वास्तविक मन्दिर हात्तीलेदामै रहेको र हात्तीलेदामा गुरुको वासस्थान रहेको विश्वाससहित युकेमा बसोबास गर्ने किरात धर्मावलम्बीहरुबाट स्वेच्छाले सो सहयोग प्राप्त भएको जनाउनुभयो ।

भुइँस्याउले बजार नपाउँदा कृषक चिन्तित

apple2फलेवास (पर्वत), १८ माघ । गतिलो आम्दानी गर्ने आशामा आलु र कोदोखेती छाडेर भुइँस्याउको व्यावसायिक खेती सुरु गरेका यहाँका कृषक समस्यामा परेका छन् ।

उत्पादित भुइँस्याउले उचित मूल्य र बजार नपाउँदा उत्तरी पर्वतको लेखफाँट, शालिजा, क्याङलगायतका गाविसका कृषक चिन्तित बनेका हुन् ।

लाखौँ मूल्य बराबरको भुइँस्याउ ग्राहक नआउँदा कुहिन थालेको कृषकले गुनासो गरेका छन् । आलु उत्पादनको प्रमुख पकेट क्षेत्र मानिने पर्वतको उत्तरी क्षेत्रका कृषक विगत तीन वर्षदेखि व्यावसायिक रुपमा भुइँस्याउ (ग्राउन्ड एप्पल) खेतीतर्फ आकर्षित बनेका थिए ।

आलुको भन्दा पाँच गुणा बढी उत्पादन हुने र राम्रो बजार मूल्यसमेत पाउने आशामा आलु छाडेर भुइँस्याउको खेतीमा लागेका कृषकले रु एक हजार प्रतिकिलोग्रामको दरले बीउ खरिद गरेर खेती गरेका थिए । सहजै बिक्री हुने अनुमानमा ठूलो क्षेत्रफलमा खेती गरेकाहरु टाउकोमा हात समाएर बस्न बाध्य भएका छन् ।

जिल्लाको उत्तरमा पर्ने लेकफाँट, शालिजा, बनौ, क्याङ, भुकलगायतका गाविसमा विगत तीन वर्षदेखि भुइँस्याउको व्यावसायिक खेती थालिएको थियो ।

पहिलो वर्षमा लगाएको खेतीबाट राम्रो आम्दानी गरेको तर गत वर्षदेखि उचित मूल्य पाउन छाडेको कृषकको भनाइ छ । पहिलो वर्ष कोरियामा समेत निकासी भएकाले रामै्र आम्दानी भएको थियो ।

भुइँस्याउ विशेषगरी पाँचतारे होटलमा बढी माग हुने गरेको छ भने यसबाट वाइनसमेत बनाउन सकिन्छ । “पहिलो वर्ष परीक्षणको रुपमा लगाउँदा राम्रो आम्दानी भएको थियो”, लेकफाँटका कृषक कृष्णबहादुर रञ्तिजाले भन्नुभयो – “यो वर्ष अहिलेसम्म व्यवसायी खरिद गर्न आएका छैनन् ।”

अहिले घर घरमा भुइँस्याउ खनेर थुपारेको भए पनि बजार नपाउँदा समस्या भएको उहाँले बताउनुभयो । सामान्यतः चिसो ठाउँमा बढी खेती हुने भएकाले माथिल्लो भागका अधिकांश गाविसमा यसको व्यावसायिक उत्पादन थालिएको हो ।

अहिले उत्तरी गाविसका प्रायःजसो सबै घरधुरीले ५० देखि पाँच हजार बोटसम्म लगाएको स्थानीय हरिमाया पुनले बताउनुभयो । सुरुमा काठमाडौँका तारे होटल र वाइन बनाउने कम्पनीहरुबाट माग आएपछि यसको व्यावसायिक खेती सुरु भए पनि अहिले कतैबाट माग नआएको कृषक रञ्तिजाले बताउनुभयो । “यो औषधि र नगदेबालीका रुपमा प्रयोग गर्न सकिने भएकाले व्यावसायिक रुपमा थालेका हौँ, उहाँले भन्नुभयो – तर यसको बजार राम्रोसँग पाउन सकेनौँ ।”

पोखरा, काठमाडौँलगायतका क्षेत्रमा प्रचारप्रसारको अभाव भएकाले पनि व्यापारीहरु खरिद गर्नका लागि नआएको उहाँले बताउनुभयो । भुइँस्याउबाट सलाद, जुस र अन्य परिकार हुन्छन् भने वाइन बनाउनका लागि सबैभन्दा बढी प्रयोग हुने गर्दछ । यसलाई पखालेर काँचै खाँदासमेत स्वादिष्ट हुन्छ । पछिल्लो समयमा गाउँमै यसबाट रक्सी बनाउन थालिएको छ । यसको सेवनले जोर्नी दुखेको र मधुमेह रोगलाई समेत निको पार्ने भएकाले अधिकांश घरधुरीले आफ्नै प्रयोजनका लागि पनि खेती गरेको बताउँछन् ।

गएको वर्ष पर्वतमा १५ टन भुइँस्याउ उत्पादन भएको थियो । गत वर्ष यहाँ उत्पादित भुइँस्याउ कोरिया निकासी भएको कृषक अमबहादुर रोकाले बताउनुभयो । “कोरियाबाटै माग आएकाले यस वर्ष नेपालमा भन्दा विदेशमा नै बिक्री ग¥यौँ” उहाँले भन्नुभयो, “‘स्वदेशी र विदेशी बजारमा राम्रो माग भएकाले यसको खेती विस्तारमा जुटे पनि यस वर्ष माग नआएकाले समस्या परेको छ ।”

भुइँस्याउ एउटा बोटमा नौ केजीसम्म उत्पादन हुने र बजार मूल्यसमेत राम्रो भएकाले कमाइसमेत राम्रो हुने कृषक बताउँछन् । अहिले प्रतिकिलो रु ५० मा बिक्री हुँदै आएको कृषकले जानकारी दिएका छन् ।

तनहुँका इँटा उद्योग धरासायी,तीनवटा बन्द

दमौली, १८ माघ । लामो समयदेखि भारतीय नाकाबन्दीका कारण तनहुँ जिल्लाभित्र सञ्चालित इँटा उद्योग धरासायी हुँदै गएका छन् ।

करोडौँ रुपैयाँ लगानी गरेर सञ्चालन गरिएका त्यस्ता इँटा उद्योग इज्जतका लागि पनि चलाउन परिरहेको सञ्चालकहरु बताउँछन् । भूकम्पपछि मारमा पर्दै आएका ती व्यवसायी भारतीय नाकाबन्दीपछि थप मारमा परेका हुन् ।

कच्चा पदार्थको अभावमा इँटा उत्पादनमा समेत कमी आएको र उत्पादित इँटाले समेत राम्रो बजार पाउन नसकेको अस्मिता इँटा उद्योगका सञ्चालक गोविन्दराज पन्तले बताउनुभयो ।

तनहुँमा माछापुच्छ्रे, पोख्रेली, मनकामना, अस्मिता, श्रीराम, होसन्नालगायतका इँटा उद्योगले इँटा उत्पादन गर्दै आएको जानकारी उहाँले दिनुभयो । आर्थिक र कच्चा पदार्थ अभावकै कारण तनहुँ, श्री, जामुने, राम इँटा उद्योग बन्द भएका छन् ।

एक सय ५० रोपनी क्षेत्रफलमा सञ्चालन गरिएको अस्मिता इँटा उद्योगले वार्षिक ४५ लाख इँटा उत्पादन गरी रु चार करोडभन्दा बढी आम्दानी गर्दै आएको बताइएको छ । सो इँटा उद्योगमा २०० मजदुर कार्यरत छन् । पाँच वर्षसम्मका लागि लिजमा लिई वार्षिक रु १२ लाख भाडा तिर्दै आएको सञ्चालक पन्तले बताउनुभयो ।

भूकम्पपछि घरसमेत बन्न छाडेकाले व्यवसाय धरापमा पर्दै गएको गुनासो इँटा उद्योगीको छ । तनहुँमा उत्पादित इँटा गुणस्तरीय, टिकाउ र भरपर्दो रहेको दाबी उनीहरुको छ । कास्की, बागलुङ, म्याग्दी, पर्वत, लमजुङ, गोरखा, स्याङ्जालगायतका जिल्लामा यहाँका इँटा खपत हुँदै आएका छन् । ती सबै इँटाभट्टामा गरी एक हजार ५०० बढीले रोजगारी पाएको बताइएको छ ।

नवदुर्गा नाच सुरु

साँखु (काठमाडौँ), १८ माघ । प्रत्येक वर्ष जस्तै यस वर्ष पनि साँखुमा भक्तपुरको नवदुर्गा नाच सञ्चालन भइरहेको छ । साँखुमा माधवनारायणको व्रत पूजा सुरु भइसकेपछि भक्तपुरको नवदुर्गा साँखु ल्याइने चलन रहेको छ ।

नवदुर्गा साँखु आउने क्रममा पहिलो दिन साँखु बजारमा परिक्रमा गरी नवदुर्गाका लागि बनाइएको घरमा बास बस्छन् । भोलिपल्ट बिहानै गणेश, इन्द्रायणी र ब्रह्मायणी देवीलाई इन्द्रायणीको सानागाउँ लगिन्छ । त्यसपछि साँझपख साँखु बजार परिक्रमा गराई साल्खाटोलमा बास बस्छन् । तेस्रो दिन साल्खाटोलमा ङालाकेगु नाच प्रस्तुत गरिन्छ भने चौथो दिन साँखुको तलेजु मन्दिर नजिकै ङालाकेगुलगायत दिनभरि नै विभिन्न देवदेवीको नाच प्रस्तुत गरिन्छ । पाँचौँ दिन साँखुबाट चाँगुनारायण स्थानका लागि प्रस्थान गरिन्छ ।

सूर्तीजन्य पदार्थ नियन्त्रणका लागि उपसमिति गठन

साँखुको पुखुलाछी हेल्थपोष्टमा बसेको विभिन्न सरोकारवाला निकायको उपस्थितिमा शङ्खरापुर नगरस्तरीय सूर्तीजन्य पदार्थ नियन्त्रण उपसमिति गठन गरिएको छ ।

उक्त उप–समितिको अध्यक्षमा शङ्खरापुर नगरपालिकाका कार्यकारी निर्देशक दुर्गानाथ गौतम हुनुहुन्छ भने सदस्य सचिवमा पुखुलाछी हेल्थपोष्टका इन्चार्ज नवराज कार्की रहनुभएको छ । अन्य सदस्यहरुमा इलाका प्रशासन कार्यालयका प्रह्लाद कार्की, महानगरीय प्रहरी प्रभागका प्रतिनिधि टङ्कप्रसाद पुडासैनी, शङ्खरापुर नगरपालिकाको जनस्वास्थ्य विभाग प्रमुख कपिलप्रसाद पौडेल, पत्रकार पवनलाल श्रेष्ठ, गणेश प्राथमिक विद्यालयका न्हुछेराज श्रेष्ठ, सामुदायिक प्रहरीका वाल्मीकि वली रहनुभएको छ ।

उक्त समिति गठनलगत्तै साँखु बजार र शङ्खरापुर नगरपालिकाभरि नै सरकारी कार्यालय वरपर सय मिटरसम्म धुम्रपान निषेध गराउनेसम्बन्धी प्रस्ताव पास गरेको छ । सोहीअनुसार सो उपसमितिले आगामी दिनमा प्रचारप्रसारको माध्यमबाट सूर्तीजन्य पदार्थ सेवनबाट हुने हानिलगायतकाबारे जनचेतना जगाउने कार्यक्रमका साथै सार्वजनिकस्थानमा धुम्रपान गर्ने एवम् सूर्तीजन्य पदार्थ बेचबिखनसमेत नियन्त्रण गर्न जनचेतना जगाउनेसम्बन्धी कार्यक्रम गर्ने निर्णय गरिएको थियो ।

खानेपानी आयोजना निर्माण गरिदै

कावासोती, १८ माघ । बढ्दो सहरीकरणले गर्दा कावासोती नगरमा खानेपानीको आपूर्ति बढ्दै गएपछि यस वर्ष झन्डै रु १२ करोडको नयाँ आयोजना थप गरिएको छ । विसं २०६१ मा सुरु भएको कावासोती साना सहरी खानेपानी आयोजनाले ११ वर्षमै यहाँको खानेपानी आपूर्ति गर्न नसकेपछि नयाँ आयोजना सुरु गरिएको कावासोती खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष विष्णुप्रसाद भुसालले बताउनुभयो ।

केरुङ्गेखोला, नहर, पूर्वटोला, आन्तरिक बोरिङ, कोइलापानीबाट प्रतिसेकेन्ड ९१ लिटर पानी आपुर्ती भएको कावासोतीमा झण्डै ३५ लाख लिटरको पानीको आबश्यकता देखिएको छ । एसियाली विकास बैंक (एडिबी) को ७० प्रतिशत अनुदान , नगर विकास कोषको २५ प्रतिशत ऋण र उपभोक्ताको ५ प्रतिशत लगानीमा रु ११ करोड ५८ लाख ४२ हजार सात सय ३६ को लागतमा प्रति सेकेण्ड २५ लिटर पानी आपुर्ती गर्ने गरी नयाँ आयोजना शुरु गरिएको अध्यक्ष भुसालले जानकारी दिनु भयो ।
४५० घनमिटरको टंकी मार्फत प्रति सेकेण्ड २५ लिटर पानी दिन्छौं अध्यक्ष भुसालले भने– ‘सबै स्रोतहरुबाट तत्कालको लागि प्रति सेकेण्ड ११६ लिटर पानी आपुर्ती हुन्छ त्यसले ड्राइ सिजन बाहेकका बेलामा पुग्छ’ । ’कावासोती नगरभित्र झण्डै १५ हजार घरधुरी रहेको छ । यो आयोजना मार्फत ५१ हजार जनसंख्याले पिउने पानी पाउछन् ।
नौ महिनामा सक्ने गरी आयोजना शुरु भएकाले पानीको आपुर्ती सहज हुने भएको भन्दै नगरबासी खुसी भएका छन् । यो कावासोती साना शहरी खानेपानी आयोजना नेपालका २९ साना शहरी मध्ये ब्यवस्थापकीय हिसाबले उत्कृष्ट रहेकाले सरकारबाट सम्मान पाएको छ ।

बैङ्किङ अभावको समाधान गर्दै दुर्गमका सहकारी

बाजुरा, १८ माघ । बाजुरा जिल्लाको पूर्वित्तर क्षेत्रका ११ गाविसका सहकारीले ग्रामीण क्षेत्रका बैङ्किङ कारोबारको समस्यालाई समाधान गर्ने प्रयास गरेका छन् । कोल्टीमा रहेका राष्ट्रिय वाणिज्य बैंक द्वन्द्वको समयमा सदरमुकाम मार्तडीको शाखामा गाभिएपछि हालसम्म पुनःस्थापना हुन सकेको छैन ।

कोल्टी गाविस वडा नं ३ विरसैनका रामलाल पाध्यायलगायतले ५० घरपरिवार आफ्नै गाउँमा सञ्चालन गरेको कालिका सहकारी संस्थामा पैसा जम्मा गर्ने गरेका छन् । सहकारी संस्थाका सेयर सदस्यहरुलाई कुनै बेला पैसाको आवश्यक परे जतिखेर पनि पैसा निकाल्न सकिने व्यवस्था सहकारीले गरिदिएकाले बैंक नै जानुपर्ने समस्या टरेको छ ।

मार्तडी गएर बैंकमा गई खर्च गर्नुभन्दा गाउँकै सहकारी संस्था राम्रो भएको बताउनुहुन्छ कालिका सहकारी संस्थाकी अध्यक्ष विष्णु पाध्याय । अहिले गाउँकै सहकारीमा पैसा जम्मा गर्नेको सङ्ख्या बढदै गएको छ ।

केही वर्ष अगाडि बैंकमा सानो काम गर्नका लागि चार पाँच दिनको पैदल हिँडेर जिल्ला सदरमुकाम पुग्नुपर्ने बाध्यता हुन्थ्यो भने अहिले गाउँ गाउँमै सहकारी स्थापना गरेपछि सानो कामका लागि वाणिज्य बैंकमा जन नपर्ने भएको बताउनुहुन्छ मिलीजुली सहकारी संस्थाका अध्यक्ष अगनिराज शाही ।

त्यस्तै जसुधा सहकारी संस्थाका अध्यक्ष भरत रोकायले सहकारीले गाउँघरका जग्गाको लालपुर्जासमेत धरौटी राख्ने गरेकाले सामान्य किसानले व्यवसाय गर्नका लागि सहकारीबाट रकम निकाल्न पाउने भएकाले ग्रामीण क्षेत्रका अधिकांश मानिस सहकारीमा आबद्ध भएको बताउनुभयो ।

पछिल्लो समयमा गाउँघरमा सहकारी स्थापना भएपछि जिल्ला कृषि विकास बैंक, राष्ट्रिय वाणिज्य बैंक र अरु बैंकमा जानुपर्ने बाध्यता हटेको छ ।

बाजुरा जिल्लामा ११८ वटा सहकारी संस्था स्थापना भएका छन् ।

स्थानीय निकाय थप अनुदानबाट वञ्चित

वीरगन्ज, १८ माघ । गाउ परिषद् हुन नसकेपछि पर्साका सबै गाविस र नगरपालिका न्यूनतम सर्त कार्यसम्पादन मूल्याङ्कन (एमसिपिएम)मा असफल हुने भएको छ ।

एमसिपिएममा असफल भएपछि गाविस र नगरपालिकाले थप अनुदानको रकम प्राप्त गर्नबाट वञ्चित हुनेछ । न्यूनतम सर्त कार्यसम्पादन मूल्याङ्कनमा पुस मसान्तभित्र गाविसले गाउ“ परिषद् र नगरपालिकाले नगर परिषद् सम्पन्न गरिसक्नुपर्ने बाध्यात्मक प्रावधान लागू गरेको छ । तर तराई मधेसमा जारी आन्दोलनका कारण पर्साका सबै गाविस र नगरपालिकाको परिषद् हुन सकेको छैन ।

जिल्लामा ६६ गाविस, एक उपमहानगरपालिका र एक नगरपालिका रहेका छन् । आन्दोलनरत मधेस केन्द्रित दलका कार्यकर्ताहरुको अवरोधले जिल्लामा गाउ“ परिषद् र नगरपरिषद् सम्पन्न हुन सकेको छैन ।

वीरगन्ज उपमहानगरपालिकाले पुस मसान्तभित्रै वार्षिक नीति तथा कार्यक्रमसहितको परिषद् सम्पन्न गर्ने तयारीमा जुटेका बेला मधेस केन्द्रित दलका कार्यकर्ताले नगर्न चेतावनी दिएपछि रोकिएको थियो ।

मधेस केन्द्रित दलको अवरोधका कारण समयमा परिषद् हुन सकेको छैन, वीरगन्ज उपमहानगरपालिकाका निमित्त कार्यकारी अधिकृत प्रकाश अमात्यले भन्नुभयो – “समयमा परिषद् हुन नसक्दा स्थानीय निकायअन्तर्गतका गाविस र नगरपालिकाले प्राप्त गर्ने थप अनुदानको रकमबाट वञ्चित हुनुपर्ने अवस्थाको सिर्जना भएको छ ।”

स्थानीय निकायलाई उपलब्ध गराउने गरिएको सशर्त र निशर्त अनुदानलाई व्यवस्थित गरी स्थानीय स्रोत परिचालन बढाउन र प्राप्त स्रोत साधनको प्रभावकारी उपयोग गर्न बढवा दिने उद्देश्यका साथ सरकारले स्थानीय निकायको कार्यसम्पादनका आधारमा अनुदान घटबढ गर्ने नीति अवलम्बन गरेको हो ।

उक्त नीतिको प्रभावकारी कार्यान्वयनका लागि स्थानीय निकायलाई प्रदान गर्ने अनुदान र राजस्व बा“डफा“डको निम्ति न्यूनतम सर्त तथा कार्यसम्पादन मापदण्ड तयार पारी सोको अध्ययन, अनुगमन, मूल्याङ्कन गर्ने र यसका आधारमा स्थानीय निकायमा जाने अनुदानको अङ्क निर्धारण गर्ने विषयलाई स्थानीय निकाय वित्तीय आयोगको कार्यक्षेत्रमा समावेश गरिएको छ, जिविस पर्साका योजना अधिकृत शम्भुप्रसाद कुशवाहाले भन्नुभयो ।
स्थानीय विकास मन्त्रालयले जिविसको कार्यसम्पादन मूल्याङ्कनका लागि न्यूनतम सर्तअन्तर्गत चार र कार्यसम्पादनअन्तर्गतका सात सूचकका आधारमा मूल्याङ्कनको मापदण्ड तय गरेको छ । जिविसहरुलाई अनुदान प्राप्त गर्नका लागि योजना तथा बजेट, वित्तीय व्यवस्थापन, समितिको गठन तथा क्रियाशीलता र पारदर्शीताजस्ता प्रमुख कार्यक्षेत्रका कुल १५ वटा सूचकलाई न्यूनतम सर्तका रुपमा तोकिएको छ ।

खानेपानी समस्याले तीनवटा बस्ती नै सार्नुपर्ने अवस्थामा

डोल्पा, १८ माघ । डोल्पाको त्रिपुराकोट गाविसस्थित वडा नं ७ र ८ रसीका तिनवटा गाउँ खानेपानीको समस्याले बस्ती नै सर्ने अवस्था देखिएको छ ।

गाउँमा दुई वर्षयतादेखि प्रयोग गर्दै आएका खानेपानीका धारामा पानी सुक्दै जान थालेपछि रसिका माझगाउँ र डाँडा गाउँका तीनवटा बस्ती उठ्ने सम्भावना देखिएको हो ।

गाउँ नजिकैका पानीका मुहान पनि सुक्न थालेको र टाढाको मुहानबाट पानी ल्याउनका लागि कुनै पनि निकायले सहयोग नगरेपछि बस्ती नै सङ्कटमा परेको स्थानीयवासीले बताए ।

खानेपानीको सहज उपलब्धता नहुँदा करिब दुईसयको हाराहारीमा रहेका बस्तीका सर्वसाधारण समस्यामा परेका हुन् ।

तीनवटा गाउँका लागि जम्मा तीनवटा धारा छन् त्यसमा पनि मुस्किलले एउटा धारामा पानी आउने गरेकाले घन्टौँसम्म लाइन बस्नुपर्ने बाध्यता छ स्थानीयवासी धन कर्ण बुढाले रासससँग भन्नुभयो ।

तीन गाउँमध्ये कुनै एक गाउँमा पानी छोड्नलाई अर्को गाउँमा बन्द गर्नुपर्ने बाध्यता रहेको बुढाले बताउनुभयो ।

पानीको समस्याले गर्दा सरसफाइमा समस्या पर्नुको साथै बस्तुभाउलाई पानी खुवाउनसमेत समस्या परेको छ ।

सरकारले एक घर एक खानेपानीको अवधारणा ल्याए तापनि यहाँ भने पानी पनि अड्कलेर प्रयोग गर्नुपर्ने बाध्यता विद्यमान रहेको उहाँले बताउनुभयो ।

पानीको अभावमा घर घरमा बनाइएका शौचालयसमेत प्रयोगविहीन भएका छन् ।

वर्षैपिच्छे पानीका मुहान सुक्दै जान थालेपछि कि खानेपानीको व्यवस्था गरिदिन कि त बस्ती नै उठाइदिन स्थानीयवासीले सरकारसँग आग्रह गरेका छन् ।

देशकै विकट अनि ग्रामीण क्षेत्रका जनता खानेपानीको अभावमा पिल्सिरहे तापनि खानेपानीको सुविधा विस्तारका लागि स्थापना गरिएका सरकारी तथा गैरसरकारी निकाय समेतले सहयोग नगरेकाले रसी गाउँमा खानेपानीको सहज आपूर्तिका लागि समयमै सम्बन्धित निकायको ध्यान पुग्न जरुरी छ ।

प्रवासी नेपाली मंच कोलोराडो च्पाप्टर गठन

DSC_0006

जनवरी ३१, २०१६
कोलोराडो, अमेरीका
प्रवासी नेपाली मंच कोलोराडो राज्यको भेला आईतबार एक समारोह बिच सम्पन्न भयो ।
प्रवासी नेपाली मंच केन्द्रिय कोषाध्यक्ष शंकर पंन्थको प्रमुख अतिथ्यतामा सम्पन्न भेलाले जगत श्रेष्ठको अध्यक्षतामा सर्वसम्मत रुपमा १५ सदस्सिय कोलोराडो च्पाप्टर गठन गरि भेला सम्पन्न भएको हो ।

DSC_0055
कोलोराडोको बोल्डर स्थित काठमाण्डौ रेष्टुरेण्टमा सम्पन्न भेलाको उद्धँटन सत्रलाई उपस्थित अतिथीहरुले शुभकामना मन्तब्य दिएका थिए । यसरी शुुभकामना दिनेहरुमा केन्द्रिय अध्यक्ष संजय थापाले टेलिफोन मार्फत, केन्द्रिय कोषाध्यक्ष शंकर पंन्थ, अनुशासन समितीका संयोजक जनक राना, सचिवालय सदस्य एवं क्षेत्रीय संयोजक गोकर्ण दाहाल, नेपाली घरका अध्यक्ष योगराज गौतम, रकि माउन्टेड फ्रेण्डस् अफ नेपालका महासचिव विनोद त्रिपाठी, नारायण श्रेष्ठ लगायतका रहेका थिए ।

DSC_0048
ज्ञात अज्ञात सहिदहरुको संझनामा एक मिनेट मौनधारण पछि राष्ट्रियगान गाएर सुरु गरिएको कार्यक्रमको संचालन तिर्थ बर्माले गरेका थिए भने सभापतित्व दिपक बस्न्यातले गरेका थिए । उद्धाटन सत्रको अन्यमा रमेश गुरुङले कार्यक्रममा उपस्थित सबैलाई धन्यवाद दिएका थिए ।

DSC_0039
उद्धाटन सत्र पछि बन्द सत्र सञ्चालन गर्न गोकर्ण दाहालको संयोजकत्वमा ५ सदस्सिय निर्वाचन कमिटी गठन गरिएको थियो । यसरी सम्पन्न बन्द सत्रले जगत श्रेष्ठको अध्यक्षतामा १५ सदस्सिय कोलोराडो च्याप्टर गठन गर्ने सर्वसम्मत निर्णय गरेको हो । यसरी निर्विरोध निर्वाचित हुने पदाधिकारीहरुमा उपाध्यक्ष, सचिव र कोषाध्यक्षमा क्रमश दिनेश श्रेष्ठ, उपेन्द्र कार्की र पुर्ण श्रेष्ठ रहेका छन् । त्यस्तै अन्य सदस्यहरुमा कृष्ण घिमीरे, दिनेश कार्की, भुवन श्रेष्ठ, महेश बुढाथोकी, शरद श्रेष्ठ, शान्ति बर्मा, भरत कार्की, आङफुरा शेर्पा, तोयानाथ सापकोटा, किरण डांगी रहेका छन् । बांकि एक सदस्य भने पछि पूर्ण बैठकले तोक्नेगरि खाली राखिएको छ ।

DSC_0036
यस अघि अमेरिकाको १२ राज्यमा च्याप्टर गठन भई सकेको यस प्रवासी नेपाली मंचको दोश्रो अधिवेशन आगामी जुलाईमा बाल्टिमेरमा हुने जानकारी गराईएको थियो । कार्यक्रमको अन्त्यममा निर्वाचन कमिटीका संयोजक गोकर्ण दाहालले निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई सपथ खुवाई खादा ओडाएर स्वागत गरेका थिए ।

DSC_0023

DSC_0067 DSC_0063 DSC_0059 DSC_0055 DSC_0048 DSC_0039 DSC_0036 DSC_0031 DSC_0023 DSC_0020 DSC_0009 DSC_0006

डिसीमा सगुनको बिश्वब्यापी समुह गठन

11235810_10153444525503940_8508533844605243421_n 12400558_10153444525833940_1578063301164765342_n 12400800_10153444525323940_7029452223369675255_n 12417696_10153444525908940_1166205256909867375_n 12507286_10153444525388940_5300604722842851742_n 12507338_10153444525728940_8087648078100435509_n 12507538_10153444526103940_468386317802314112_n 12510478_10153444526053940_879539626866345172_n 12524213_10153444525948940_8365673739813833458_n 12552869_10153444525673940_7267743367080923217_n 12650311_10207301186801502_713589200_n 12650633_10207301184641448_1243693734_n 12650776_10207301186921505_2076648863_n 12659658_10207301184161436_364320672_n 12665707_10207301185841478_1326993914_n FullSizeRender-3-800x600 FullSizeRender (4) FullSizeRender (5) FullSizeRender (3) IMG_6833 IMG_6831 IMG_6832 b14e1b9f-804a-47a5-a966-e49b083049ec IMG_6829 IMG_6820 IMG_6819 IMG_6817 IMG_6813 FullSizeRender IMG_6810 IMG_6809 IMG_6808 FullSizeRender (1) IMG_6806 IMG_6802 IMG_6801 FullSizeRender (2) IMG_6795 IMG_6792 IMG_6791

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...