Sunday, January 31, 2016

आश्रम बनाउन बेलायतबाट सहयोग

दमक, १८ माघ । इलामको चुलाचुली–२ स्थित हात्तीलेदामा रहेको किरात धर्मका महागुरु फाल्गुनन्दका तेस्रो पुस्ताका गुरुको आश्रमसहितको मुन्धुमशाला निर्माणमा बेलायतबाट झन्डै रु १९ लाख सहयोग प्राप्त भएको छ ।

सो बजेटबाट आश्रमसहितको दुईतले पक्की भवन भएको मुन्धुमशाला भवन निर्माण गर्नका लागि किरात सत्यहाङमा महागुरु फाल्गुनन्द समाज युके शाखाबाट रु १८ लाख ९१ हजार १११ प्राप्त भएको माङ्हिमका व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र केरुङले बताउनुभयो । युकेबाट प्राप्त उक्त सहयोग एक कार्यक्रम गरी आश्रम निर्माण समितिलाई हस्तान्तरण गरिएको युके शाखाकी सल्लाहकार कल्पना योङ्हाङले बताउनुभयो ।

विसं २०६२ बाट निर्माण थालिएको सो निर्माणाधीन भवन पूरा गर्न विभिन्न दाता तथा सरकारी निकायबाट समेत सहयोग प्राप्त भएको जनाइएको छ ।

अध्यक्ष केरुङले किरात धर्मका महागुरु फाल्गुनन्दको वास्तविक मन्दिर हात्तीलेदामै रहेको र हात्तीलेदामा गुरुको वासस्थान रहेको विश्वाससहित युकेमा बसोबास गर्ने किरात धर्मावलम्बीहरुबाट स्वेच्छाले सो सहयोग प्राप्त भएको जनाउनुभयो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...