Friday, January 29, 2016

विद्यार्थी र शिक्षकमा अनौठो रोग देखा परेपछि…

300px-Panchthar_district_locationपाँचथर, १६ माघ । पाँचथरको दक्षिणी गाविस यासोकमा रहेको सनराइज बोर्डिङ इङ्ग्लिस स्कुलमा अध्ययन गर्ने विद्यार्थी र शिक्षकमा अनौठो रोग देखा परेपछि विद्यालय बन्द गरिएको छ ।

सुरुमा स–साना बिमिरा आई शरीर चिलाउने, ज्वरो आएर विद्यार्थी र शिक्षक विद्यालय आउनै नसकेपछि विद्यालय बन्द गर्नुपरेको विद्यालयका प्रधानाध्यापक सूर्य लावतीले जानकारी दिनुभयो ।

यस्तो रोग देखिएपछि विद्यार्थी र शिक्षकको स्वास्थ्य परीक्षण गर्दा छालामा हुने एलर्जी इमोटाइटिस जस्तो छालाको रोगको सङ्क्रमण देखिएको इलाका स्वास्थ्य चौकी यासोकका प्रमुख केदार खड्काले बताउनुभयो ।

यो रोगबाट नआत्तिकन घरमै आराम गर्दै बस्न आग्रह गर्दै उहाँले जाडोको समयमा बढी चिल्लो पिरो, अमिलो, माछा, मासु नखान खानपान, स्वास्थ्य र सरसफाइमा विशेष ध्यान दिन सुझाव दिनुभयो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...