Friday, January 8, 2016

स्वास्थ्यकर्मी अभावले सेवामा समस्या

मलेखु (धादिङ), २५ पुस । जिल्लामा रहेको ग्रामीणस्तरका स्वास्थ्य केन्द्रमा स्वास्थ्यकर्मी नहुँदा स्वास्थ्य सेवा प्रभावित भएको छ ।

उपस्वास्थ्य चौकी स्वास्थ्य चौकीमा परिणत भएपछि आवश्यक जनशक्ति जिल्लामा उपलब्ध नहुँदा उपचार सेवामा समस्या आएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख जीवनकुमार मल्लले बताउनुभयो ।

ग्रामीण तहमा रहेका स्वास्थ्य चौकीमा कार्य गर्ने हेल्थ असिस्टेन्ट २५ जना, अहेब ६२ जना, अनमी ६१ जना अभाव रहेको प्रमुख मल्लको भनाइ छ ।

भूकम्पले क्षतविक्षत भएको जिल्लाको ३३ स्वास्थ्य चौकी निर्माण नभएकाले टेन्टबाट सेवा दिइरहेको अवस्थामा गाउँमा स्वास्थ्यकर्मी नभएका कारण धुवाकोट गाविसलगायतका गाविसमा गत महिना खोप सेवासमेत प्रभावित भएको थियो ।

स्वास्थ्यका कर्मचारीको अभावसँगै जिल्लामा हुने तालिम गोष्ठीले समेत स्वास्थ्य सेवा प्रभावित हुने गरेको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...